Kathmandu Press

प्रो–क्लब च्याम्पियनसिप : एपिएफमाथि आर्मीको ५१ रनको जित

काठमाडौं, चैत २६ : राष्ट्रिय टिमका सदस्यद्वय रोहितकुमार पौडेल र सोमपाल कामीृले उत्कृष्ट प्रदर्शन गरेफछि भैरहवामा जारी प्रो–क्लब च्याम्पियनसिपमा विभागीय टिम त्रिभुवन आर्मी...
प्रो–क्लब च्याम्पियनसिप : एपिएफमाथि आर्मीको ५१ रनको जित

काठमाडौं, चैत २६ : राष्ट्रिय टिमका सदस्यद्वय रोहितकुमार पौडेल र सोमपाल कामीृले उत्कृष्ट प्रदर्शन गरेफछि भैरहवामा जारी प्रो–क्लब च्याम्पियनसिपमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। 

शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला भएको खेलमा आर्मीले एपिएफमाथि ५१ रनको जित निकाल्यो । अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा भएको प्रतियोगितामा १४० रन लक्ष्य पछ्याएको एपिएफ १९.१ ओभरमा ८८ रनमै अलआउट भयो। उसका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक ३१ रन बनाउँदा रित गौतम र सुमित महर्जनले समान १२ रन बनाए । 

एपिएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका आर्मीका सोमपाल कामीलले घातक बलिङ गरे। उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। साहब आलमले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए भने कुशल मल्ल र विक्रम सोबले पनि २–२ विकेट लिए।

रोहित पौडेलको अर्धशतकीय इनिङ्स मद्दतमा पहिला ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनायो। ५७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै रोहित सर्वाधिक ८० रन बनाए । यस्तै भीम सार्की २२ र कप्तान विनोद भण्डारी १९ रन बनाए। 

एपीएफका भुवन कार्की र किशोर महतोले समान २ विकेट लिए भने अमरसिंह राउटेला र नन्दन यादवले पनि समान १ विकेट लिए।

यसैगरी शनिबार नै भएको अर्को खेलमा भारतको उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले हरायो। ७७ रनको सामान्य लक्ष्य उत्तर प्रदेशले ११.५ ओभरमा  २ विकेटको क्षतिमा भेट्टायो। 

उसका लागि विवेक सिंहले अविजित ३३ रन बनाउँदा शुभम चौधरीले १७ र राहिल कुमार १५ रन बनाए। ट्यालेन्ट हन्टका राज बम र मोहमद मोशारफले समान १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको ट्यालेन्ट हन्टले १८.२ ओभरमा ७७ रनमै अलआउछ भयो । उसका एमडी उमरले २० तथा आशिष रतनमले १६ मात्र बनाउन सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।  ट्यालेन्ट हन्टलाई सस्तैमा समेट्ने क्रममा उत्तर प्रदेशका प्रिन्स शाहीले ४ तथा तेजस सिंहले ३ विकेट हात पारे ।

प्रकाशित मिति: १८:३७ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्