Kathmandu Press

प्रलेस अध्यक्षमा मधुसूदन गिरी

काठमाडाैं, चैत २६ : प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।कमिटीको...
प्रलेस अध्यक्षमा मधुसूदन गिरी

काठमाडाैं, चैत २६ : प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएको छ।

सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ। निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाए।

प्रकाशित मिति: १७:०४ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्