Kathmandu Press

‘डिआइएमएफमा तालिम लिएपछि निर्धक्क बोल्न सक्ने भएँ’

‘डिआइएमएफमा तालिम लिएपछि निर्धक्क बोल्न सक्ने भएँ’

काठमाडौं, चैत २५ : एक महिनाअघि ड्रिम इन्स्टिच्यूट अफ मोडलिङ एन्ड फेसन (डिआइएमएफ) ले मोडल आवश्यक रहेको सूचना जारी गर्यो। 

विज्ञापनमा सहभागी हुनेलाई एक महिनासम्म पब्लिक स्पिकिङ, मोडलिङ, पोजिङ, रन वे वाक लगायतका तालिम दिएर प्रतिस्पर्धा गराउने उल्लेख थियो। काठमाडौंका २२ वर्षीय रिसभ मित्तल उक्त संस्थामा आवद्ध भए । त्यहिँ तालिम लिए र प्रतिस्पर्धामा विजेता समेत भए।

Hardik ivf

रिसभको परिवार वीरगञ्जमा छाता कारखानासँगै टेक्सटाइल र सुटकेस इम्पोर्टको व्यापारमा आवद्ध छ। काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहको पढाई सकाइसकेका रिसभ फुर्सदको समयमा परिवारले सघाउँथे। उनी आफै पनि विभिन्न इभेन्टमा आयोजक बनेर काम गरिसकेका व्यक्ति हुन्। 

रिसभमा मोडलिङप्रति कुनै झुकाव थिएन। ‘साथीहरूको सरसल्लाहमा केही अनौपचारिक फोटोसुट  गरेको थिएँ। डिआइएमएफको इन्स्टाग्राम पेजलाई केही समय अघिदेखि नै फलो गरेको थिएँ, उनले भने।

डिआइएमएफले मार्च २ देखि सहभागीहरुलाई तालिम दिन सुरु गर्यो।  संस्थामै आवद्ध भएकाहरुलाई सहभागी गराएर ‘रनवे ड्रिम्स सिजन टु’ आयोजना गर्यो। १० पुरुष र ८ महिला सहभागी प्रतियोगितामा पुरुषतर्फ रिसभ विजयी बने। महिलातर्फ भने स्नेह ढकालले जित हासिल गरिन्। 

‘विजेता हुन्छु भन्ने सोचेको पनि थिइन । एक महिनासम्म मेहनत गरेको फल पाएँ जस्तो लाग्छ ,’ रिसभले भने, ‘पहिला मलाई धेरै मानिसहरूको अगाडी बोल्न डर लाग्थ्यो । अहिले यो तालिमकै कारण त्यो डर हटेको छ।’

मोडलिङ क्षेत्रमै लागिरहने सोच भने नभएको रिसभ बताउँछन्। स्नातकोत्तरका लागि विदेश जाने तयारीमा छु, त्यसैले मोडलिङमा तत्काल आवद्ध हुन सक्दिनँ,’ उनले भने। 

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्