Kathmandu Press

भारत पाकिस्तानको आणविक युद्धले १० करोडको ज्यान लिनसक्ने

सन् २०२५। लडाकूले भारतको संसदमा आक्रमण गरेका छन्। अधिकांश नेताको हत्या भइसकेको छ।

नयाँ दिल्लीले पनि पाकिस्तान नियन्त्रित कश्मीरमा ट्याङ्क पठाएर प्रतिकार गरेक....

भारत पाकिस्तानको आणविक युद्धले १० करोडको ज्यान लिनसक्ने
फाइल

सन् २०२५। लडाकूले भारतको संसदमा आक्रमण गरेका छन्। अधिकांश नेताको हत्या भइसकेको छ।

नयाँ दिल्लीले पनि पाकिस्तान नियन्त्रित कश्मीरमा ट्याङ्क पठाएर प्रतिकार गरेको छ। पराजित हुने डरले इस्लामाबादले पनि आणविक हतियार प्रहार गर्छ। यसले इतिहासकै खतरनाक द्वन्द्व सुरू हुन्छ। करौडौं टन बाक्लो, कालो धुँवा माथिल्लो वायुमण्डलमा उड्छ।

चिन्ता नमान्नुस् यो सत्य होइन। तर अनुसन्धाताहरूले तयार गरेको मोडेल मात्रै हो। भारत र पाकिस्तानबीच आणविक युद्ध भए के कस्तो परिणाम होला भनेर उनीहरूले अध्ययन गरेका छन्। अध्ययन अनुसार १० करोड मानिसले ज्यान गुमाउने छन्। संसारभरि भोकमरी सुरू हुनेछ। र पृथ्वी चिसिन थाल्नेछ। 

Hardik ivf

भारत र पाकिस्तानको सम्बन्धमा तनाव बढ्दैछ। मुस्लिम बाहुल्य भएको कश्मीरमा उनीहरूले थुप्रै युद्ध लडेका छन्। आणविक शक्ति पनि उत्तिकै बढाइरहेका छन्। दुवै देशसँग अहिले करिब डेढ सय वटा आणविक हतियार छन्। सन् २०२५ सम्म दुई सयभन्दा धेरै हुने अपेक्षा गरिएको छ।

“दुर्भाग्यवश कश्मीरलाई लिएर भारत र पाकिस्तानबी द्वन्द्व भइरहेको छ। समय प्रतिकूल छ। हरेक महिना मानिसहरूको मृत्यु भएको खबर सुन्न पढ्न पाइन्छ,” रटगर्स युनिभर्सिटीमा वातावरण विज्ञानका प्राध्यापक एलन रोबोकले भने। 

भारती प्रधानमन्त्री नरेन्द्र मोदीले अगष्टदेखि नयाँदिल्लीको नियन्त्रणमा रहेको कश्मीरको स्वायत्तता खोसे। द्वन्द्वले आणविक युद्ध हुनसक्ने अभिव्यक्ति पाकिस्तानी समकक्षी इमरान खानले गत साता दिए। दुवै देशले अन्तिम पटक फेब्रुअरीमा युद्ध गरेका छन्। तर पाकिस्तानले कब्जा गरिएका भारतीय पाइलट फिर्ता गरेपछि युद्धविराम भएको थियो।

दुवै देशको वर्तमान जनसंख्या र आक्रमणको लक्ष्य बन्ने शहरी केन्द्रको आधारमा सय किलोटन हतियार प्रयोग भए साढे १२ करोडको ज्यान जाने अनुसन्धाताहरूले अनुमान गरेका छन्। यो भनेको हिरोशिमामा खसालिएको बमभन्दा ६ गुणा बढी  शक्तिशाली हो। दोस्रो विश्वयुद्धमा ७ ८ करोड मानिसले ज्यान गुमाएका थिए। तर त्यो सुरूवात मात्रै हुनेछ।

अनुसन्धानको क्रममा आणविक हतियार विस्फोट हुँदा १.६ ३.६ करोड टन “ब्ल्याक कार्बन” वायुमण्डलको माथिल्लो सतहमा उत्पादन हुने पत्ता लागेको छ। यो केही सातामै विश्वभरि फैलिनेछ। त्यसले सौर्य विकिरण सोस्नेछ र हावा तातिनेछ। त्यसपछि धुवाँ अझ बढ्नेछ।

पृथ्वीमा पुग्ने घामको किरण २० देखि ३५ प्रतिशत र सतहको तापक्रम ३ देखि ५ डिग्री सेल्सियलसले घट्नेछ। वर्षा पनि १५ देखि ३० प्रतिशतले कम हुनेछ। त्यसपछि विश्वभर खानाको अभाव हुनेछ जसलो प्रभाव एक दशकसम्म हुनसक्छ।

“हाम्रो कामबाट आणविक हतियार प्रयोग गर्न हुँदैन भन्ने मानिसहरूले सिक्नेछन् भन्ने आशा गर्दछु। यो नरसंहारको हतियार हो भन्ने उनीहरूले बुझ्लान् कि,” रोबोकले भने। प्रतिवेदनले आणविक हतियारलाई प्रतिबन्ध गर्ने सन् २०१७ को संयुक्त राष्ट्र संघीय सम्झौतालाई थप प्रमाण उपलब्ध गराएको उनले बताए।

“पृथ्वीको अर्को कुनामा रहेको थोरै आणविक हतियार भएका दुई देश पृथ्वीकै लागि जोखिम बनेका छन्। त्यसैले हामीले यसलाई बेवास्ता गर्न हुँदैन” उनले भनेका छन्।
 

प्रकाशित मिति: ०८:०५ बजे, शुक्रबार, असोज २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्