Kathmandu Press

सुरक्षा सेन्चुरीको ‘निःशब्द’ सार्वजनिक

सुरक्षा सेन्चुरीको ‘निःशब्द’ सार्वजनिक

काठमाडाैं, चैत २५ : यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि पर्‍यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘निःशब्द’ नाम दिइएको भिडियोमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई गीतकार रमेश दाहालले लेखेका हुन्। गीतलाई अस्ट्रेलियामा रहेका सङ्गीतकार टीका दाहालले संगीतबद्ध गरेका छन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।  

‘निःशब्द ओठ मेरो खुल्दै खुलेन’, ‘बोलुँ भन्छु तर मुख खुलेन’, ‘तिम्रा सामु मनका कुरा खुल्दै खुलेन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ। मन परेको मानिस नजिकै भए पनि भावना व्यक्त गर्न नसकिएको प्रसंग म्युजिक भिडियोमा देखाइएको छ।

म्युजिक भिडियोमा गायिका सुरक्षा सेञ्चुरी र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायिका सेञ्चुरीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्