Kathmandu Press

 विश्वकप छनौटः अष्ट्रेलियासँग नेपाल ५–० ले पराजित

काठमाडौं, असोज २३ : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ।

 विश्वकप छनौटः अष्ट्रेलियासँग नेपाल ५–० ले पराजित

काठमाडौं, असोज २३ : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ।

बिहीबार क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो।  

घरेलु टोली अष्ट्रेलियालाई जिताउन जेमी म्याक्लारेनले ह्याट्रिक पूरा गर्दा  ह्यारी सुटरले दुई गोल गरेका थिए। अष्ट्रेलियाले खेलको छैटौं मिनेटमै जेमीको गोलबाट सुरुवाती अग्रता लिएको थियो। खेलको १९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जेमीले अष्ट्रेलियाको अग्रता दोब्बर पारेका थिए। 

खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गर्दै पहिलो हाफमा अष्ट्रेलियालाई ३–० को अग्रता दिलाए।  पहिलो हाफमा ३–० को अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। 

खेलको ५९ औं मिनेटमा सुटरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। खेलको ८९ औं मिनेटमा जेमीले ह्याट्रिक पूरा गर्दा नेपाल ५–० को हार व्यहोर्न बाध्य भयो। नेपालको तेस्रो खेलमा दोस्रो हार हो।

जितसँगै समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले ३ खेलमा ९ अंक जोडेको छ। समान खेलबाट नेपालले ३ अंक जोडेको छ। यसअघि समूह चरणको पहिलो खेलमा कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले पराजित गरेको थियो। 

अब नेपालले अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ। 

 

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, असोज २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्