Kathmandu Press

‘षट्कोण’ को टिजर रिलिज

काठमाडाैं, चैत २३ : मनोवैजानिक थ्रिलर चलचित्र ‘षट्कोण’ को टिजर रिलिज भएको छ ।  चलचित्रमा कर्मा शाक्य मुख्य भूमिकामा देखिएका छन्। चलचित्रमा कर्मासँगै भोलाराज सापकोटा,...
‘षट्कोण’ को टिजर रिलिज

काठमाडाैं, चैत २३ : मनोवैजानिक थ्रिलर चलचित्र ‘षट्कोण’ को टिजर रिलिज भएको छ ।  चलचित्रमा कर्मा शाक्य मुख्य भूमिकामा देखिएका छन्। 

चलचित्रमा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयासा अधिकारी, विजय कादरिया, शिशिर लिम्बु तथा बालकलाकारमा असिम लामाको अभिनय देख्न सकिनेछ। 

Hardik ivf

चलचित्रमा कर्मा एक रहस्यमयी हत्याको अनुसन्धानमा देखिनेछन्। चलचित्रको निर्देशन मिलन डि कार्पीले गरेका छन् भने निर्माता विराज कडरिया हुन्। 

टिजर रिलिजसँगै चलचित्र रिलिज मिति पनि वैशाख २३ गतेलाई तोकिएको छ।

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्