Kathmandu Press

घनश्यामको निर्देशनमा बन्ने ‘लन्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

काठमाडाैं, चैत २३ : चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘लन्डन टु पेरिस’ मा अनुबन्धित भएकी छन्। साे चलचित्र घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको...
घनश्यामको निर्देशनमा बन्ने ‘लन्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

काठमाडाैं, चैत २३ : चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘लन्डन टु पेरिस’ मा अनुबन्धित भएकी छन्। साे चलचित्र घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको हाे।  

‘लन्डन टु पेरिस’काे मुख्य भूमिकामा साम्राज्ञी अनुबन्धित भएको निर्देशक लामिछानेले बताए। हालसालै कपिल रिजालको ‘ह्यारीकी प्यारी’को छायांकन पूरा गरेकी साम्राज्ञीले मंगलबार चलचित्र ‘लन्डन टु पेरिस’का लागि साइन गरेकी हुन्।

Hardik ivf

‘ह्यारीकी प्यारी’मा साम्राज्ञीको जोडी जितु नेपाल रहेका छन् भने ‘लन्डन टु पेरिस’का लागि भने जाेडीकाे खाेजी भइरहेकाे बताइएकाे छ।

सामान्यतः सफल चलचित्रकै रूपमा हेरिएकाे ‘पञ्चेबाजा’का निर्देशकसमेत रहेका लामिछानेले एबी इन्टरनेसनलले निर्माण गर्न लागेको चलचित्र ‘लन्डन टु पेरिस’को निर्देशनकाे जिम्मेवारी लिएका हुन्।

यो चलचित्रको छायांकन बेलायत र फ्रान्समा हुने निर्माण पक्षले जनाएको छ। चलचित्रमा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिश खकुरेको लगानी रहनेछ।

आगामी असारबाट फिल्मको छायांकन सुरु हुने निर्देशक लामिछानेले जानकारी दिए। 

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्