Kathmandu Press

बालविवाह न्यूनिकरणाकाे लागि सडक नाटक 'थकथकी'

काठमाडाैं, चैत २० : रुकुम पूर्वकाे विभिन्न स्थानमा जनचेतनामूलक सडक नाटक 'थकथकी' मञ्चन गरिएकाे छ।पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया...
बालविवाह न्यूनिकरणाकाे लागि सडक नाटक 'थकथकी'

काठमाडाैं, चैत २० : रुकुम पूर्वकाे विभिन्न स्थानमा जनचेतनामूलक सडक नाटक 'थकथकी' मञ्चन गरिएकाे छ।

पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको नाटकमा बालविवाहकाे असरबारे देखाइएकाे छ। नाटक श्री महेन्द्र उच्च मावि तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोटमा देखाइएको थियो।

Hardik ivf

पुर्खाजित राईको निर्देशन  गरेकाे नाटकमा बालविवाहकाे कारण व्यक्ति र समाजमा पर्ने असरलाई देखाउँदै यसकाे न्यूनिकरणका उपायहरू प्रस्तुत गरिएकाे छ।

नाटकमा जेबी डिसी, ज्योति राई, प्रिती पुन, मनप्रसाद विक, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङले अभिनय गरेका छन्।

रुकुम पूर्वलगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लामा व्याप्त रहेको विवाहको प्रचलनलाई न्यूनिकरण गर्न यस्ता खाले जनचेतनामूलक नाटक प्रभावकारी  बन्न सक्ने निर्देशक राईले बताए ।

प्रकाशित मिति: १९:४५ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्