Kathmandu Press

अनुसन्धानमा आधारित अङ्ग्रेजी पुस्तक नेपालीमा अनुवाद गर्नुुपर्नेमा जोड

काठमाडाैं, चैत २० : नेपालको विभिन्न राजनीतिक कालखण्ड र ग्रामीण परिवेश अध्ययन गरी थुप्रै विदेशी नागरिकले विविध विषयमा गहन पुस्तक लेखेका छन्। प्रायः...
अनुसन्धानमा आधारित अङ्ग्रेजी पुस्तक नेपालीमा अनुवाद गर्नुुपर्नेमा जोड

काठमाडाैं, चैत २० : नेपालको विभिन्न राजनीतिक कालखण्ड र ग्रामीण परिवेश अध्ययन गरी थुप्रै विदेशी नागरिकले विविध विषयमा गहन पुस्तक लेखेका छन्। प्रायः अङ्ग्रेजी भाषामा लेखिने यस्ता पुस्तक सामान्य नेपालीजनको पहुँच छैन ।

अङ्ग्रेजी भाषामा लेखिएका वजनदार पुस्तक नेपालीमा अनुवाद गरी सामान्यजनमा पुर्‍याउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। लामो सयम अध्ययन अनुसन्धानसहित लेखिएका पुस्तकले नेपालको समाजशास्त्रीय अध्ययनमा थप योगदान पुर्‍याउने उनीहरुको तर्क छ।

अमेरिकी नागरिक डा. पिटर होज प्रिन्डलद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक ‘फिप्टी इयर्स इन विगुटार, नेपाल’ को विमोचन गर्दै साहित्यकार तथा पशुपति बहुमुखी क्याम्पसका प्रमुख प्रयागराज वशिष्ठले एक विदेशी नागरिकले नेपालको पहाडी गाउँ त्यो पनि पञ्चायती व्यवस्थाको समयमा अध्ययन भ्रमण गर्नु नेपालीका लागि ज्ञान निर्माण र विस्तारमा महत्वपूर्ण सहयोग भएकाे बताए।

Hardik ivf

'विकट पहाडी जिल्ला ओखलढुङ्गाको पिछडिएको गाउँ विगुटारमा दुई वर्ष बसे पनि त्यहाँका नागरिकको रहनसहन, धर्म, संस्कृति, कृषि व्यवसाय, राजनीतिक तथा जातिय व्यवस्थाका बारेमा लेखिएको यो पुस्तक केबल विगुटारको मात्र होइन, समग्र नेपालको तत्कालीन ग्रामीण परिवेशको अमूल्य ऐना हो । यसलाई नेपालीमा अनुवाद गरी सम्बन्धित सङ्घसंस्थाले हरेक बिगुटारवासीलाई वितरण गर्नुपर्छ,' उनले भने।

पुस्तकमाथि प्रकाश पार्दै साहित्यकार विनोद दाहाल वत्सले उक्त किताबमा लेखक पिटरले सन् १९७१ देखि २०२१ सम्मको विगुटारको सग्लो चित्र उतारेको उल्लेख गर्दै यो पुस्तक नेपाली भाषामा उपलब्ध भए थप महत्व बढ्ने बताए। अमेरिकी अनुसन्धानकर्ता पिटर विगुटार गएको धमिलो सम्झना आफूमा पनि भएको उनको भनाइ थियो।   

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समितिका सम्पादक नारायणप्रसाद घिमिरेले भने, 'विशेषगरी पञ्चायतकालको सामाजिक, आर्थिक र शैक्षिक विषयवस्तुलाई मिहिन ढंगले अध्ययन, अनुसन्धान गरी तयार गरिएको यो पुस्तक ओखलढुङ्गा र अझ विगुटार गाउँको त जीवित दस्तावेज हो।'

लामो अध्ययनपछि तयार गरिएकाले यो पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी हरेक विगुटारवासीले अध्ययन गर्नुपर्ने सुझाव घिमिरेले दिए। 

विराज समाज र विगुटार विकास फाउण्डेशनले संयुक्त रुपमा काठमाडौँमा हालै आयोजना गरेको उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष गिरिराज दाहालले विगुटारको विकासमा पिटरको सहयोग र महत्व बुझाउनका लागि नै पुस्तक प्रकाशन गरी लोकार्पण गरिएको जानकारी दिए।

शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहाल, समाजका अध्यक्ष रामप्रसाद दाहाल, पिटरको सामिप्यमा रहेर समाज सेवा गर्ने हरिहर दाहाललगायतले पिटरको सम्झना गर्दै उनको नेपाल र नेपाली प्रतिको अध्ययन मोह प्रेरणादायी भएको बताए। नेपालप्रेमी समाजसेवी तथा लेखक पिटर अहिले पनि ओखलढुंगा बिगुटारवासीलाई सहयोग गरिरहेको छ। 

प्रकाशित मिति: १७:३९ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्