Kathmandu Press

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको सम्पूर्ण तयारी पूरा

जनकपुरधाम, चैत २० : मैथिली कला, साहित्य र संगीत क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यका साथ हुने लागेको तेस्रो संस्करणको जनकपुरधाम साहित्य, कला तथा...
जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको सम्पूर्ण तयारी पूरा

जनकपुरधाम, चैत २० : मैथिली कला, साहित्य र संगीत क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यका साथ हुने लागेको तेस्रो संस्करणको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०७८ को सम्पूर्ण तयारी पूरा भएको छ।

मैथिली विकास कोषको आयोजनामा यही चैत २३ गतेदेखि हुने महोत्सव तीन दिनसम्म चल्नेछ। जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा आयोजना हुने महोत्सवको पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए।    

Hardik ivf

महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको र आमन्त्रण वितरणको कार्य भइरहेको बताए। कला र संगीत क्षेत्रका विशिष्ट व्यक्ति सम्मिलित नेपालका दुई र छिमेकी देश भारतका तीन गरी पाँच समूहको सहभागिता रहने महोत्सवमा विभिन्न १० विषयवस्तुमा विचारविमर्श हुने जनाइएको छ। 

सांस्कृतिक झाँकीसहितको शोभा यात्रा, रङ्गारङ्ग उद्घाटन, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्क, गरमागरम विमर्श, नेपाल तथा भारतका विशिष्ट रङ्गकर्मीद्वारा सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी र विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता महोत्सवका मुख्य आकर्षण रहने अध्यक्ष चौधरीको भनाइ छ।

तत्कालीन जिल्ला विकास समितिका निर्वाचित जनप्रतिनिधिहरुद्वारा २०५८ सालमा स्थापित मैथिली विकास कोषले जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको पहिलो संस्करण २०७३ सालमा र दोस्रो संस्करण २०७५ सालमा आयोजना गरेको थियो।

प्रत्येक दुई वर्षमा आयोजना हुने सो महोत्सवको तेस्रो संस्करण २०७७ सालमा गर्न चाहे पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमणका कारण गर्न नसकिएकाले यस पटक तेस्रो संस्करण गर्न लागेको अध्यक्ष चौधरीले बताए।

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्