कार दुर्घटनामा परिन् भारतीय अभिनेत्री मलाइका
काठमाडौं, चैत २० : भारतीय अभिनेत्री मलाइका अरोरा शनिबार कार दुर्घटनामा परेकी छन्। उनी पुनेमा आयोजित एक फ्यासन सोबाट फर्कंदै गर्दा दुर्घटनामा परेकी हुन्। उक्त...
काठमाडौं, चैत २० : भारतीय अभिनेत्री मलाइका अरोरा शनिबार कार दुर्घटनामा परेकी छन्।
उनी पुनेमा आयोजित एक फ्यासन सोबाट फर्कंदै गर्दा दुर्घटनामा परेकी हुन्। उक्त दुर्घटनामा परेर ४८ वर्षकी मलाइकाको आँखामा चोट लागेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
मुम्बई-पुने एक्स्प्रेस वेमा उनको कार अन्य तीनवटा कारसँग ठोक्किएको थियो। दुर्घटनापछि मुम्बईको एपोलो अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा अहिले सुधार आएको उनकी बहिनी अमृता अरोराले सञ्चार माध्यमहरूलाई जानकारी दिएकी हुन्।
यस्तै उनलाई केही टाँका लगाइए पनि टाउकोमा ठुलो चोट नलागेको र सम्भवतः आज (आइतबार) नै उनलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ।
प्रकाशित मिति: १२:४६ बजे, आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)
