Kathmandu Press

स्वर्ग–नरकको आशा र त्रास 

स्वर्ग, नरक मोक्षजस्ता कुराहरू तेस्र्याएर सोझासाझालाई ठग्ने क्रम अझै जारी छ । हुँदै नभएका डर, त्राश र आश सिर्जना गरेर मान्छेको मानसिकता गिराउने कार्यले समाजमा झन् प्रतिकुल असर परेको छ।
स्वर्ग–नरकको आशा र त्रास 

हिन्दू धर्मका साहित्यले स्वर्ग र नरकको बारेमा ठाउँ ठाउँमा उल्लेख गरेका छन् । स्वर्ग भनेको सुन्दर, सफा, सधैँ सुखपूर्वक बाँचिरहन पाइने, दmुख पीडा केही पनि भोग्न नपर्ने ठाउँ हो भन्ने बताइयो भने नर्क भनेको दुःख कष्टको भुँमरीमा फसिरहनु पर्ने ठाउँ हो भन्ने अर्थ लगाइयो । रामायण, महाभारत, मनुस्मृति, पराशरस्मृति, याज्ञवल्लक्य स्मृति आदि हिन्दू धार्मिक ग्रन्थहरूले ब्राह्मण र क्षेत्रीहरूको विलासी जीवनलाई स्वर्ग र अन्य उत्पीडित र शोषित जातीले भोगिरहेको दुःखपूर्ण जिन्दगीलाई नरकको रूपमा चित्रण गरेको पाइन्छ । त्यसबेला समाजका उच्च वर्गले निम्न तर परिश्रमी जनताले भोगिरहेको दुःख नै नरक भन्ने बताउँदै तिमीहरूले पनि हामीले भने अनुसार ग¥यौँ भने हाम्रै जस्तो स्वर्गको अनुभूति गर्न पाउँछौ भनेर उक्साउँथे ।

श्रीमद्भागवत् पञ्चमस्कन्ध १७ अध्यायमा, गरुण पुराणमा र मनुस्मृतिमा स्वर्गको बारेमा बयान गरिएको छ । त्यतिखेर भारतवर्षभन्दा बाहिर पनि संसार छ भन्ने थाहा नपाएर पनि त्यस्तो लेखिएको हुनुपर्छ । त्यसमा स्वर्गलाई निम्न अनुसार काल्पनिक वर्णन गरिएको छ— ‘भारत वर्ष कर्म थलो हो । त्यसमा ठुलो काम गरियोभ ने हरिवर्ष, इलावर्ष, पुरुषवर्ष, भद्रवर्ष जस्ता ठुला वर्षहरूमा पुग्न सकिन्छ । ती ठाउँमा जान पाउने मानिसको रूप देवताको जस्तो हुन्छ । तिनीहरूमा बज्र प्रहार पनि सहन सक्ने क्षमता र हात्तिको जस्तो बल हुन्छ । त्यस्तो मान्छे सधैँ खुसी हुन्छ र जोडा मिलेर निरन्तर मैथुन गरिरहेर आनन्दपूर्वक बस्न पाउँछन् । स्वर्गमा बारै महिना पूmलहरू पूmलिरहन्छन्, फलहरू फलिरहेका हुन्छन्, पहाडहरूबाट झरना झरिरहेका हुन्छन्, सुन्दर पोखरीहरू हुन्छन् । त्यहाँ राजहंश, चखेवा, कौवा, सारसहरू झुन्ड झुन्ड उडिरहेका हुन्छन् । 

नर्क अति नै कष्टप्रद ठाउँ हो भन्ने चित्रण गरिएको छ । राजा परिक्षितले सुकदेवलाई सोध्दा सुकदेवले नरक यही लोकको माझमा दक्षिणतिर पर्छ भनेका थिए । शौरब, महाशौरब, कुम्भिषाक, कालसूत्र, अन्धकूप, कृतिभोजन, वैतरणी जस्ता नरकहरू भएको वर्णन गरिएको छ । नरकमा तातोतेल भित्र हालिने, किरा खुवाउने, किरा, सर्प, बिच्छीहरूले टोक्ने, उल्लो शरीर बनाएर झुन्ड्याउँने, तरबारको धारमाथि र काँडा भएको ठाउँमा कोर्रा लगाउँदै दौडाउने जस्ता कामहरू पनि गरिन्छन् भन्ने वर्णन पाइन्छ ।स्वर्ग र नरक भनेको मान्छेलाई तर्साउन, अपूm अनुकुल अरुलाई ढाल्न र समाजका सम्भ्रान्त वर्गले आपूm बाहेक अरूले अधिकार नमागोस् भन्ने अभिप्रायले अदृश्य डर र आशको भूमरीमा सिधा साधालाई फसाइरहन मात्र टाठाबाठाले नै सिर्जना गरिएका कुराहरू मात्र हुन् ।

Hardik ivf

चार्बाकले स्वर्ग, नरक, मोक्ष, चार जात, चार वर्ण आदि बेकारका कुराहरू हुन् भने । बृहस्पतिले वेद, स्मृति र धर्म ठगहरूका विद्या हुन्, यसबाट बहुसङ्ख्यक मान्छेको कल्याण हुन सक्तैन भनेका छन् ।

‘न स्वर्गो नापवर्गो वा नैवात्मा पारलौकिक :
नैव वर्णाश्रमादीनां क्रियाश्य फल दायिका :
अग्निहोत्र स्त्रयो वेदा स्त्रिदण्ड भस्म गुण्ठनम्
बुद्धि पौरुष हीनानां जीविका धातृ निर्मिता’
चार्वाक दर्शन, १२–१२ ।

अर्थात्, ‘स्वर्ग र मोक्ष भन्ने कुरा केही होइन । मान्छेलाई जातमा विभाजन गर्नु कुनै हालतमा उचित होइन । यसले सामाजिक व्यवहार शान्तिपूर्ण बन्न सक्तैन । अग्नी होत्री बनेर हिँड्ने, तिनै किसिमका बेद जानेको छु भनेर घमन्ड गर्ने, निधारमा खरानी घस्ने, यी विधान बुद्धी र पुरुषार्थहीन भएका बाहुनहरूका लागि उनैका पुर्खाले जीविका चलाउनका लागि मात्र बनाएका हुन् ।’

बृहस्पतिले स्वर्ग, नर्क, यक्ष, जप सब बाहियात हुन् भनेका छन् । उनको भनाईमा ज्योतिष्टोम यज्ञमा मारिएको पशु स्वर्ग जान्छ भन्ने विश्वास छ भने त्यही यजमानले यज्ञमा बाबुलाई काटेर किन स्वर्ग पठाउँदैन ?, स्वर्गमा गएकालाई यहीँबाट दिएर पुग्छ भने घरको माथि बसेकालाई भूईंतलामा खाना दिएर किन अघाउँदैन त ?

स्वर्ग, नरक मोक्षजस्ता कुराहरू तेस्र्याएर सोझासाझालाई ठग्ने क्रम अझै जारी छ । हुँदै नभएका डर, त्राश र आश सिर्जना गरेर मान्छेको मानसिकता गिराउने कार्यले समाजमा झन् प्रतिकुल असर परेको छ ।

स्वर्ग र नरकको बारेमा चार्वाकले भनेका छन्— ‘सुखमेव स्वर्ग दुखमेव नरक’ अर्थात ‘सुखनै स्वर्ग हो, दुःखनै नर्क हो ।’ तर हिन्दू धर्मपुराणमा स्वर्ग र नर्कको कल्पना ठाउँ विशेषको रूपमा गरिएको छ । स्वर्गमा रम्भा, उर्वशी, तिलोत्तमा, मेनका आदि सुन्दरी अप्सरासँग आनन्द भोग्न पाइने र मनकामना पुरा गर्न कल्पवृक्ष र कामधेनु भेटिने जस्ता कुरा बताइएका छन् । नरकमा यमराजले जीवलाई भयङ्कर यातना दिने कुरा उल्लेख छ । देवी भागवतले त स्वर्ग हिमालय पर्वत माथि तिब्बतमा छ भनेको छ । अरु पुराण र महाभारतहरूले पनि स्वर्ग हिमालमाथि छ भनेका छन् । सबैभन्दा माथि बैकुण्ठ छ र त्यहाँ विष्णु भगवान् खेल्छन् भनिएको छ । स्वर्ग अत्यन्त सुन्दर हुन्छ भनिएको छ । महाभारतको महावन पर्वको ८३ औँ अध्यायमा निम्न श्लोक लेखिएको छ—

‘ततस्त्रिबिष्ट पं गच्छेत त्रिलोकेषुविश्रुतम् ।
तत्र वैतरणी पुण्यां नदी पाप प्रणाशिनी
तत्रस्नात्वाऽर्चायित्वा च शूलपाणि बृषमध्वजम् ।
सर्वपाप विशुद्धात्मा गच्छेत परमांगतिम् ।’

अर्थात्, ‘त्यसपछि तिब्बत (स्वर्ग) तिर जाऊ । उहाँ पाप नाश गर्ने पवित्र वैतरणी नदी छ । त्यस नदीमा नुहाएर महादेवको पूजा ग¥यो भने पापबाट मुक्त भएर परमगति प्राप्त गर्न सकिन्छ ।’

पद्म पुराणले पनि तिब्बतलाई नै स्वर्ग मानेको छ । पद्म पुराणमा भनिएको छ कि— ब्राह्मणको खुट्टाको धूलो या उसको खुट्टा धोएको एक थोपा पानी मात्र पनि पापीको शरीरमा प¥यो भने उ सबै पापबाट मुक्त हुन्छ र सिधै तिब्बत जान पाउँछ । 

‘विप्रपाद रज : पूतापूता स्तंजल विन्दुभिः ।
विपदिभश्च दा पापै : मूतायान्ति त्रिविष्टपम् ।।’

एउटा संभावना के छ भने ब्रह्मा, विष्णु, महादेव र इन्द्रजस्ता राजाहरूले कुनै बेला हिमालय पर्वतमा राज्य गरे होलान् । विद्वानहरूका अनुसार विष्णुको राज्य मानसरोवर वरिपरि थियो, मानसरोवर क्षेत्रलाई पुराणमा क्षीर सागर भनिएको छ, जहाँ रातोदिन विष्णु सुतेर आराम गर्दथे । ब्रह्मा हिमालय प्रदेशका राजा थिए । शिवजी वा महादेव भुटान प्रदेशका राजा थिए । तिब्बतमा इन्द्रको राज्य थियो । 

तिब्बतको जो राजा हुन्थ्यो उसलाई इन्द्र भनिन्थ्यो । महाभारत अनुसार नै यमराज रहने स्थान पनि हिमालय नै थियो । तामिस्र, रौरब, कुम्भिपाक, प्राणरोध जस्ता २९ नरकहरू र ८६ नरककुण्ड छन् भनि पुराणमा लेखिएको छ । पुजारीबर्गले आपूmलाई धर्मको ठेकेदार घोषणा गरे । उनीहरूले जसले बढी दान दक्षिणा गर्छ उसलाई स्वर्ग पठाइन्छ भन्ने भ्रम बाडेर धर्मको नाममा ठगी गर्न थाले । ती धर्माधिकारीहरू यो लोकमा भने सकेसम्म साधु सन्त बन्नु पर्ने, यो संसार माया (सपना) मात्र हो भन्ने । मरेपछि सुन्दरी र अप्सराहरू भएको ठाउँमा पुगेर आनन्द लिने लिप्सा देखाइदिए । 

यसले गर्दा स्वर्ग नर्क भन्ने कुरा कलमी चमत्कार बाहेक केही होइन भन्ने पुष्टि हुन्छ । स्थुल शरीर जलाएपछि उसले कुनै ठाउँ भेटने कुरै भएन । स्वर्ग नर्क मरेपछि भेट्ने कुरा होइन । सुख दुःख बाँच्दैको जिन्दगीमा पाइन्छ । मृत्युपछि पाइन्छ भन्नु मनगढन्ते कुरा मात्र हो।
 

प्रकाशित मिति: १०:१५ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्