Kathmandu Press

विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ : गगन थापा

महामन्त्री थापाले विपद्को जोखिम न्यूनिकरणको सन्दर्भमा सही भूमिका नभएको भन्दै तीन तहको सरकारमा जिम्मेवारी स्पष्ट नहुँदा समस्या भएको बताए। 
विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ : गगन थापा

काठमाडौं, असार ३० : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताएका छन्।  

सोमबार काठमाडौंमा आयोजित ‘विपद व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा उनले विपद्को बेला बाल्टी, झोला बोकेर दौडीहाल्ने तर अरु बेलामा विपद्का बारेमा छलफल नगर्ने प्रवृत्तिले पनि समस्या समाधान नभएको भन्दै विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताए। 

Hardik ivf

‘विपद् हाम्रो विकासको बहसमा एउटा महत्वपूर्ण विषय हो, यसलाई अलग राखेर बाढी, पहिरो गयो भनेर बाल्टी, झोला बोकेर दौडि हाल्ने तर अरु बेलामा विपद्का बारेमा छलफल नगर्ने, यो कुरा अलि मिलेको छैन,’ उनले भने, ‘त्यसकारण विपद् भनेको हाम्रो राष्ट्रिय विकास योजनाको मुख्य विषय बन्नुपर्छ । बेला बेलामा मौसम हेरेर छलफल गर्ने कुरा होइन मुख्य विषय नै बन्नुपर्छ।’

महामन्त्री थापाले विपद्को जोखिम न्यूनिकरणको सन्दर्भमा सही भूमिका नभएको भन्दै तीन तहको सरकारमा जिम्मेवारी स्पष्ट नहुँदा समस्या भएको बताए। 

‘विपद्को जोखिम न्यूनिकरणको सन्दर्भमा जुन भूमिका खेल्नु पर्ने हो त्यो हामीले गरिरहेका छैनौ ।तीन तहको सरकार भएको कारण पनि कसको जिम्मेवारी के हो भन्ने कुरा स्पष्ट नहुँदा र एकले अर्कालाई, अर्काले अर्कालाई देखाएर पनि यो क्षेत्रको समस्या समाधान हुन सकेको छैन,’ उनले भने।

पार्टीको दुईवटा महामन्त्री सबैको गाली खाँदै पार्टी मिलाउँदै हिडेको बेला पार्टीको नेतृत्वले पनि उचित तरिकाले ध्यान दिनुपर्ने उनको भनाई छ।  

‘पार्टीका संस्थाहरु चलाएमान बनाऔं, पार्टीलाई चुस्त बनाऔं पार्टी सभापतिलाई पनि बलियो बनाऔं। सबै निकायलाई बलियो बनाउ भनेर पार्टीका दुइ महामन्त्री सबैको गाली खाँदै हिड्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तर पार्टीको जिम्मा लिएको मान्छेले गल्ती गरिरहेका छन् । त्यसैले अब नेतृत्वले उचित तरिकाले ध्यान दिनुपर्छ।’ 

महामन्त्री थापाले पार्टीभित्र जसरी एउटा अनुशासन पर्व चल्यो त्यो पार्टीको परम्परा, कानून, विधानको हिसाबले ठिक नभएको पनि उल्लेख गरेका छन्। 
 

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, असार ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्