Kathmandu Press

ठूला दलको मिलेमत्तोमा संसद्लाई विचौलियाको खेलमैदान बनाइँदै छ : अध्यक्ष दाहाल

‘दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको छ, यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक हो,’ अध्यक्ष दाहालले भने।
ठूला दलको मिलेमत्तोमा संसद्लाई विचौलियाको खेलमैदान बनाइँदै छ : अध्यक्ष दाहाल

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले ठूला दलको मिलेमत्तोमा संसद्लाई विचौलियाको खेलमैदान बनाइंदै लगिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति असन्तुष्टि जनाए। उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै आलोचना गरे।

Hardik ivf

‘दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको छ, यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक हो,’ अध्यक्ष दाहालले भने। लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने उनले बताए। 

गठबन्धन सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै उनले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको उल्लेख गरे।

‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहीत स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ,’ उनले भने।

प्रकाशित मिति: १४:५० बजे, सोमबार, असार ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्