Kathmandu Press

बैशाख १८ देखि 'नेपाल्स सिङ्गिङ सुपरस्टार'  

काठमाडौं, चैत १८ : आगामी बैशाखबाट रियालिटी शो 'नेपाल्स सिङ्गिङ सुपरस्टार' प्रसारणमा आउने भएको छ । निर्माण संस्था भ्वाइस स्टार नेपाल प्रा.लि.ले  आगामी...
बैशाख १८ देखि 'नेपाल्स सिङ्गिङ सुपरस्टार'  

काठमाडौं, चैत १८ : आगामी बैशाखबाट रियालिटी शो 'नेपाल्स सिङ्गिङ सुपरस्टार' प्रसारणमा आउने भएको छ । निर्माण संस्था भ्वाइस स्टार नेपाल प्रा.लि.ले  आगामी बैशाख १८ गते आइतबार देखि हप्ताको दुई दिन बेलुका ईमेज टेलिभिजन एचडीमा ८ बजे देखि ९ बजेसम्म यो रियालिटी शो नियमित प्रसारणमा आउने बताएको छ । 

नेपाल्स सिङ्गिङ सुपरस्टारलाई चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठले होस्टको रुपमा संचालन गर्नेछन् भने निर्णायकको रुपमा ख्याति प्राप्त गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र चर्चित गायिका मिलन नेवार रहने कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए ।

लामो समय देखि संचार क्षेत्रमा कार्य गरेर बिज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले निर्देशन गर्न लागेको यो रियालिटी शो मा अन्य रियालिटी शो मा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिक मात्र समावेश हुन पाउने बताए  निर्माता जोशीले बताए । 

यसैबीच बिहिबारबाटै यो रियालिटी शो को अडिशन खुल्ला गरिएको छ । अडिशनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट सम्मको भिडियो पठाउन सकिने निर्देशक श्रेष्ठले बताए । यो रियालिटी सो को विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: ०८:२२ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्