Kathmandu Press

राजधानीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौं, चैत १८ : पाचौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)–२०२२ बिहीबारबाट औपचारिक रुपमा सुरुवात भएको छ।बिहीबार राष्ट्रिय सभागृहमा सुरु भएको महोत्सवको नेपाल चलचित्र...
राजधानीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौं, चैत १८ : पाचौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)–२०२२ बिहीबारबाट औपचारिक रुपमा सुरुवात भएको छ।

बिहीबार राष्ट्रिय सभागृहमा सुरु भएको महोत्सवको नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, युरोपेली युनियनकी राजदूत नोना डेप्रेज, स्वतन्त्र फिल्मकर्मी सुदिप्तो आचार्य र महोत्सवका अध्यक्ष केपी पाठकले संयुक्त रुपमा उद्घाटन गरे ।

Hardik ivf

मौलिक तथा उत्कृष्ट कथावस्तुमा बनेका फिल्म सहयोगार्थ सरकार सदैव तत्पर रहेको राष्ट्रिय चलचित्र महासंघका अध्यक्ष दयाराम दाहालले जानकारी दिए । उनले विकास बोर्डमार्फत स्टोरी बैंकमा आउने यस्ता फिलमहरुलाई सघाउन नियमावली बनेको र हरेक वर्ष पाँच फिल्मलाई पुरस्कृत गरिने उनले बताए।

त्यस्तै, काठमाडौं महानगरका मेयर शाक्यले महानगरले फिल्मकर्मसँग जोडिएको र महोत्सवमा आउने विदेशी पाहुनालाई आफूहरुले आतिथ्यताको व्यवस्था गरिदिने बताए । युरोपेली युनियनकी राजदूत डेप्रेजले भने नेपाली फिल्म क्षेत्रमा देखिन थालेका परिवर्तन बारे खुलेर प्रशंसा गरिन् । कार्यक्रमको औपचारिक सुरुवातसँगै डा. पुरु लम्सालको निर्देशनमा बनेको ४६ मिनेटको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो ।

नुवाकोटस्गित तारुकामा हरेक वर्ष माघको १ गते मनाउँदै आइएको गोरु जुधाउने पर्वको बारे वृत्तचित्रमा समेटिएको छ। चैत २१ गतेसम्म चल्ने महोत्सवमा ३९ देशबाट प्राप्त ८९ फिल्महरुको प्रदर्शन छन् भने चलचित्र क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल र चलचित्रका प्राविधिक पक्षहरुको बारेमा मास्टरक्लास पनि रहेका छन्।
 

प्रकाशित मिति: ०७:३२ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्