Kathmandu Press

रक्सी उत्पादन गर्ने सेफ्टी टंकीमा परेर पाँच जनाको मृत्यु

बारा, असोज १६ : बारामा ससुरा सहित एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएको छ। 

बाराको फेटा गाऊँपालिका वार्ड नं. ४ बतरास्थित घरेलु म....

रक्सी उत्पादन गर्ने सेफ्टी टंकीमा परेर पाँच जनाको मृत्यु

बारा, असोज १६ : बारामा ससुरा सहित एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएको छ। 

बाराको फेटा गाऊँपालिका वार्ड नं. ४ बतरास्थित घरेलु मदिरा उत्पादनका लागी बनाइएको सेफ्टी टंकी भित्रै एकै परिवारका ४ जना र एक आफन्त सहित पाँच जनाको निसासिएर मृत्यु भएको बाराका प्रहरी उपरिक्षक विकास राज खनालले जानकारी गराए।

मृत्यु हुनेमा ३५ वर्षिय जोगा मुखिया, उनकी ३२ वर्षिय श्रीमति लालमति देवी, १३ वर्षिय छोरी समनी कुमारी, भाई ३० वर्षिय महेन्द्र मुखिया र भारत विहारका ५५ वर्षिय ससुरा डाबा मुखिया रहेका छन्।

प्रहरी उपरिक्षक खनालका अनुसार दुईतल्ले घरमा एकतल्ले अण्डर ग्राउण्ड सेफ्टी टंकीका लागी छुट्याइएको ठाउँमा लुकाई छिपाई घरेलु मदिराका लागी चाहिने कच्चा पदार्थ भण्डारण तथा उत्पादन गर्ने उदेश्यले राखिएको थियो । सोही तयारी कच्चा पदार्थ निकाल्न जादाँ अक्सीजन आउने जाने पर्याप्त ठाऊँ नभएर पालै पालो एक एक गर्दै उनिहरुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको हो।

घटना विहानैको भएपनी स्थानीय वासिन्दाले घरमा केही चहलपहल नदेख्दा अबेर राति खोजिनिति गर्दा चाल पाएका थिएनन् । अन्तत घरभित्रै खोजीगर्दा भेण्टीलेशन जतिको ठाऊँ बनाइएको सेफ्टी टंकी भित्रै पाँचैजना लडिरहेको अवस्थामा फेला परेका थिए।

स्थानीय वासिन्दाका अनुसार २ वर्षदेखी विभिन्न ठाऊँ परिवर्तन गर्दै मुखिया दम्पती घरेलु रक्सी उत्पादन तथा विक्रि वितरण गर्दै आएको थियो । केही दिन अगाडी मात्रै मुखिया दम्पतीको घरेलु रक्सीभठ्ठी भत्काईदिएका थिए।

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, असोज १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्