पूर्वप्रधानमन्त्री चन्द र साहित्यकार भट्टराईलाई मणिराज वाङमय पुरस्कार

काठमाडाैं, चैत १६ : पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४औं वसन्त प्रवेशका अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको छ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त अभिनन्दन तथा पुरस्कार वितरण गरेको हो।
प्रतिष्ठानले २०७५ सालको रु. एक लाख राशिको मणिराज वाङ्मय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गरेको छ ।
त्यस्तै, गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ भने स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्यकार भरतराज पौडेललाई प्रदान गरिएको छ।
साथै शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खड्गबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना सङ्क्रमणको जोखिमका कारण विगत वर्षमा पुरस्कार वितरण तथा अभिनन्दन कार्यक्रम राखिएकाले यस वर्ष आयोजना गरेको बताए।
सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा. तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तकसमेत लोकार्पण गरेका थिए।
सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानव जीवन निरश हुने बताए।










-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)
