Kathmandu Press

पललाई पुर्पक्ष थुनामा पठाउँदा प्रमाणका रूपमा प्रयोग गरिएकाे कागजात मागियाे

काठमाडौं, चैत १६ : जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहलाई पुर्पक्षमा लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणका रूपमा प्रयोग गरिएका कागजात...
पललाई पुर्पक्ष थुनामा पठाउँदा प्रमाणका रूपमा प्रयोग गरिएकाे कागजात मागियाे
Hardik ivf

काठमाडौं, चैत १६ : जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहलाई पुर्पक्षमा लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणका रूपमा प्रयोग गरिएका कागजात मागिएको छ। उच्च अदालत पोखराले तनहुँ जिल्ला अदालतसँग प्रमाणका रूपमा प्रयोग गरिएका कागजात मागेको हो। 

अभिनेता शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध मंगलबार उच्च अदालत पोखरामा निवेदन दिएका थिए। सोही निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको हो।

शाहलाई जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्