Kathmandu Press

राष्ट्रिय टोलीका खेलाडीलाई पाँच लाख दिने सरकारको निर्णय

काठमाडौं, माद्द २२ : यूएईविरुद्धको एकदिवसीय र टी-२० शृंखला जितेको नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय....

राष्ट्रिय टोलीका खेलाडीलाई पाँच लाख दिने सरकारको निर्णय

काठमाडौं, माद्द २२ : यूएईविरुद्धको एकदिवसीय र टी-२० शृंखला जितेको नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रत्येक खेलाडीलाई जनही पाँच लाख दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताए । मंगलबार रिपोर्टस क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै खेलाडीलाई हौसला प्रदान गर्न पाँच लाख नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

नेपाली टोली यूएईसँगको प्रतियोगिता जितेर सोमबार मात्रै नेपाल फर्किएको थियो । नेपालले यूएईलाई एकदिवसीय र टी-२० मा २१ ले शृंखला जितेको थियो ।

उनले खेलाडीलाई खेल्ने वातावरण बनाउन पूर्वाधार निर्माण र पारिश्रमिक दिन प्रतिबद्ध रहेको बताए । उनले खेलाडीको बर्गीकरण गरेर मासिक पारिश्रमिक दिने व्यवस्था गरिएको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान)को चुनावका लागि पनि तयारी भइरहेको बताए । उनले आईसीसीको मार्गचित्रअनुसार, पाँच सदस्य तदर्श समिति गठन गरेर नयाँ नेतृत्व चयनका लागि चुनाव गर्न लागिएको बताए । चुनाव गरिएसँग आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा हुने उनको भनाइ थियो ।

प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, माघ २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्