ओस्कर अवार्ड : ड्युनले जित्यो सर्वाधिक ६ अवार्ड, कोडा सर्वोत्कृष्ट
प्रतिष्ठित ओस्कर अवार्डको ९५औं संस्करण सम्पन्न भएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा ड्युनले सर्वाधिक ६ अवार्ड जित्यो...
काठमाडाैं, चैत १४ : प्रतिष्ठित ओस्कर अवार्डका ९५औं संस्करण सम्पन्न भएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा ड्युनले सर्वाधिक ६ अवार्ड जितेको छ ।
२३ विधामा वितरण गरिएको अवार्डमा ड्युनले ध्वनी, ओरिजिनल कोर, प्रोडक्सन डिजाइन, भिजुअल इफेक्ट, सम्पादन र सिनोमाटोग्राफी गरि ६ अवार्ड जितेको हो । ड्युन कुल ११ विधामा मनोनयनमा परेको थियो ।
सर्वोत्कृष्ट निर्देशकको अवार्ड जेन क्याम्पियनले जितेकी छिन् । उनी 'द पावर अफ दि डग'का लागि सर्वोत्कृष्ट निर्देशक बनेकी हुन् । सो फिल्म सर्वाधिक १२ विधामा मनोनयनमा परेको थियो । क्याम्पियन ओस्करमा सर्वोत्कृष्ट निर्देशक बन्ने तेस्रो महिला बनिन्।
यस्तै, कोडाले सर्वोत्कृष्ट फिल्मका लागि एकेडेमी अवार्ड जितेको छ । फिल्मले सहअभिनेता (ट्रोइ कोत्सर) र एडप्टेड स्क्रिनप्ले (सायन हेडर)को अवार्ड पनि जित्न सफल भयो ।
यस्तै, सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘किङ रिचर्ड’बाट विल स्मिथले जिते भने सर्वोत्कृष्ट अभिनेत्री ‘आइज अफ ट्यामी फेइ’ बाट जेसिका चेस्टेइन बनिन्। यस्तै, सहअभिनेता ट्रोइ कोत्सर (कोडा) र सहअभिनेत्री एरियाना डिबोस (द वेस्ट साइड स्टोरी) बने ।
यसैगरी अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जापानी फिल्म ‘ड्राइभ माइ कार’ ले जित्यो । जापनी फिल्मले १४ वर्षपछि ओस्कर जितेको हो।

यस्तै, ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेभरेट’ विधा यसपटक समावेश गरियो । यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ द डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए।
कसले कुन विधानमा जिते अवार्ड ?
फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
सहअभिनेता : ट्रोइ कोत्सर (कोडा)
सहअभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनि : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिनप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : इनकान्टो

डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट : ड्युन












