Kathmandu Press

च्याम्पियन्स लिगमा टोटनह्यामको लज्जास्पद हार

काठमाडौं, असोज १५  : च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले लज्जास्पद हार व्यहारेको छ। 

समूह ‘बी’ को गएराति....

च्याम्पियन्स लिगमा टोटनह्यामको लज्जास्पद हार

काठमाडौं, असोज १५  : च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले लज्जास्पद हार व्यहारेको छ। 

समूह ‘बी’ को गएराति भएको खेलमा टोटनह्याम आफ्नो घरेलु मैदानमा जर्मन क्लब वायर्न म्युनिखसँग ७–२ गोल अन्तरले पराजित भएको हो। 

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली टोटनह्यामले लिएको थियो। खेलको १२ औं सन हिउङ–मिनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, त्यो अग्रता दुई मिनेटभन्दा बढी टिक्न सकेन। खेलको १५ औं मिनेटमा किमिचले गोल वायर्नका लागि बराबरी गोल फर्काए। खेलको ४५ औं मिनेटमा रोवर्ट लिवान्डोस्कीले गोल गरेपछि वायर्न पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो। 

खेलको ५३ औं मिनेटमा सर्ज गनाब्रीले गोल गर्दै वायर्नलाई ३–१ को अग्रता दिलाए। त्यसको २ मिनेटपछि ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै सर्जले वायर्नलाई ४–१ को अग्रता दिलाएका थिए।

खेलको ६१ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै ह्यारी केनले अग्रता ४–२ मा झारेका थिए। तर, खेलको ८३ औं मिनेटमा सर्जले गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै, खेलको ८७ औं मिनेटमा लिवान्डोस्कीले गोल गरेपछि वायर्न ६–२ को अग्रता लिन सफल भयो। 

खेलको ८८ औं मिनेटमा सर्जले व्यक्तिगत चौथो गोल गरेपछि वायर्न ७–२ को फराकिलो जित निकाल्न सफल भयो। 

प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, असोज १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्