Kathmandu Press

पीएसजीको जितमा इकार्डीको निर्णायक गोल

काठमाडौं, असोज १५ : च्याम्पियन्स लिग फुटबलमा पेसिर सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ। 

समूह ‘ए’ को ग....

पीएसजीको जितमा इकार्डीको निर्णायक गोल

काठमाडौं, असोज १५ : च्याम्पियन्स लिग फुटबलमा पेसिर सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ। 

समूह ‘ए’ को गएराति भएको खेलमा पीएसजीले गालाटसारेलाई उसकै घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो। 

पहिलो हाफमा पीएसजीलाई गालाटसारेले गोलरहित बराबरीमा रोकेको थियो। खेलको ५२ औं मिनेटमा माउरो इकार्डीले गरेको गोल नै निर्णायक बन्यो। इकार्डीले पाब्लो सरबियाको पासमा गोल गरेका थिए। 

यस्तै, समूह ‘ए’ कै अर्को खेलमा रियल मड्रिड र क्लब ब्रुगेले २–२ गोलको बराबरी खेलेका छन्। जितसँगै २ खेलबाट ६ अंकका साथ पीएसजी समूहको शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको क्लब ब्रुगेको समान खेलबाट २ अंक छ। पीएसजीसँग पराजित भएको गालाटसारे र स्पेनिस क्लब  रियल मड्रिडको समान १–१ अंक छ। 
 

प्रकाशित मिति: ०७:३१ बजे, बुधबार, असोज १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्