Kathmandu Press

च्याम्पियन्स लिग फुटबलः युभेन्ट्सको जितमा रोनाल्डोको गोल

काठमाडौं, असोज १५ : च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले वायर लिभरकुसेनलाई पराजित गरेको छ।

गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले ....

च्याम्पियन्स लिग फुटबलः युभेन्ट्सको जितमा रोनाल्डोको गोल

काठमाडौं, असोज १५ : च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले वायर लिभरकुसेनलाई पराजित गरेको छ।

गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले वायर लिभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको १७ औं मिनेटमा गोञ्जालो हिगुइनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

खेलको ६१ औं मिनेटमा फेडेरिको बर्नान्डेस्कीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। खेलको ८८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्ट्स ३–० को जित निकाल्न सफल भयो। 

यसैबीच, समूह ‘डी’ कै अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले  लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गरेको छ। एथ्लेटिकोको जितमा जोआओ फिलिक्स र थोमस पार्टेले गोल गरेका थिए।

जितसँगै समूह ‘डी’ मा रहेको युभेन्ट्सले २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थनमा छ। समान खेलबाट ४ अंक नै जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थनमा छ।

प्रकाशित मिति: ०७:१६ बजे, बुधबार, असोज १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्