Kathmandu Press

वर्षौंपछि सञ्चालनमा आयाे रञ्जना सिनेमा हल

काठमाडौं, चैत ११ : न्युरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ।बन्द भएको वर्षौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो। शुक्रबारबाट...
वर्षौंपछि सञ्चालनमा आयाे रञ्जना सिनेमा हल

काठमाडौं, चैत ११ : न्युरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ।

बन्द भएको वर्षौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो। शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा तीनवटा अडिटोरियम रहेका छन्।

१३०, १८० र २५१ सिट क्षमताका भिन्नाभिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ। सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ।

यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ। थ्रिडी चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ। 

काठमाडौंको मुख्य व्यापारिक केन्द्र मानिने न्युरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो। सो स्थानमा अर्को चलचित्र हल नहुँदा रञ्जनाको पुरानो इतिहास दोहोरिन सक्ने पूर्वानुमान गर्न सकिन्छ। २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो।

कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन्।

२०७१ साउन २५ गतेबाट रञ्जना ट्रेन्ड सेन्टर सञ्चालनमा आएको हो। सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो। विभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए।

कालु गुरुङ,बिरेन्द्र नारायण महर्जन र नरेन्द्र महर्जनको टिमले सञ्चालन गरेको हलमा बिहिबार साँझ विशेष सो आयोजना गरिएको थियो।

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्