चिलीको पोष्टमा ब्राजिलको चार गोल
काठमाडौं, चैत ११ : ब्राजिलले फिफा विश्वकप छनोटमा चिलीमाथि फराकिजो जित निकालेको छ ।शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले पराजित...
काठमाडौं, चैत ११ : ब्राजिलले फिफा विश्वकप छनोटमा चिलीमाथि फराकिजो जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन नेमार, भिनिसिउस जुनियर, फिलिप कौटिन्हो र रिचर्डलिसनले एक–एक गोल गरे ।
जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ । ब्रजिल विश्वकपमा छनोट भइसकेको छ । पराजित चिली १७ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा छ ।
शुक्रबार बिहान नै भएको अर्को खेलमा कोलम्बीयाले बोलोभियामाथि ३–० गोलको जित निकालेको छ । त्यस्तै पाराग्वेले इक्वेडरमाथि ३–१ गोलको जित निकाल्यो ।
प्रकाशित मिति: ०८:५९ बजे, शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











