नेपालले आज पीएनजीविरुद्ध एकदिवसीय क्रिकेट खेल्दै
काठमाडौं, चैत ११ : नेपाल र पपुवा न्युगिनीबीच आजदेखि एक दिवसीय क्रिकेट श्रृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल बिहान १०...
काठमाडौं, चैत ११ : नेपाल र पपुवा न्युगिनीबीच आजदेखि एक दिवसीय क्रिकेट श्रृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल बिहान १० बजेपछि त्रिवी त्रिकेट मैदानमा हुनेछ ।
खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ ।
नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ ।
सिरिजअघि आयोजना गरिएको पत्रकार सम्मेलमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले यो सिरिजमा युवा टिमलाई प्राथमिकता दिने उल्लेख गर्दै युवा टिम बनाइरहेको बताएका थिए ।
प्रकाशित मिति: ०८:५५ बजे, शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











