Kathmandu Press

एकदिवसीय र टि–२० सिरिजअघि प्रशिक्षक पुबुदुले भने– युवा टिम बनाउँदैछौं

काठमाडौं, चैत १० : नेपाल घरेलु मैदानमा एकदिवसीय र टि–२० सिरिज खेल्दै छ । नेपालले टियू मैदानमा पपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय तथा...
एकदिवसीय र टि–२० सिरिजअघि प्रशिक्षक पुबुदुले भने– युवा टिम बनाउँदैछौं

काठमाडौं, चैत १० : नेपाल घरेलु मैदानमा एकदिवसीय र टि–२० सिरिज खेल्दै छ । नेपालले टियू मैदानमा पपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय तथा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्दैछ ।

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज शुक्रबारबाट सुरु हुँदैछ । सिरिजअघि आयोजना गरिएको पत्रकार सम्मेलमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले यो सिरिजमा युवा टिमलाई प्राथमिकता दिने उल्लेख गर्दै युवा टिम बनाइरहेको बताए ।

उनले टिममा क्षमतावान युवा खेलाडी रहेको बताउँदै आफूहरु युवा टिम निर्माणको चरणमा रहेको बताए । उनले यो प्रतियोगिताले अमेरिकामा हुने सिरिजको लागि ठूलो सहयोग पुग्ने उल्लेख गरे। 

प्रशिक्षक दासानायकले सिरिजका लागि मंगलबारमात्र दुई छुट्टा–छुट्टै टिम घोषणा गरेका छन्। उनले यू–१९ टिमका कप्तान देव खनाल र अलराउन्ड आदिल अन्सारीलाई टिममा बोलाउँदा सिनियर खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई टिममा राखेनन्।

‘हामीले आगामी जुनमा अमेरिकासँग आइसिसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्दैछौं। त्यसका लागि यो सिरिजले सहयोग गर्नेछ,’ पुबुदुले भने, ‘अहिले नेपाली टिम बिल्डिङको चरणमा छ।’

यस्तै, कप्तान सन्दीप लामिछानेले पनि यो सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिने बताए । उनले भने, ‘यो सिरिजमा हामीले युवा खेलाडी नेपालबाट खेलेको देख्ने छौं । यसले प्रेरित अन्यलाई क्रिकेटमा लाग्न र थप मेहनत गर्न प्रेरित गर्ने छ ।’

नेपालले पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिज चैत ११ र १२ गते टियू मैदानमा हुने छ । यस्तै, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिकोणात्मक सिरिज चैत १४ देखि २१ सम्म हुने छ।

क्यानले घोषणा गरेको टिममा दुवै सिरिजमा ७ खेलाडी परेका छन् । जसमा कप्तान सन्दीप लामिछानेसँगै आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी छन्।

अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की एकदिवसीय टिममा मात्र सामवेश छन्। यस्तै आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र अदील अन्सारी टी–२० टिममा मात्र छन्।

एकदिवसीय टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल,भीम सार्की, पवन सर्राफ, देव खनाल, गुल्शन झा।

टि–२० टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, सागर ढकाल, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी।

प्रकाशित मिति: २०:५४ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्