अस्ट्रेलियालाई हराउँदै जापान विश्वकप फुटबलमा छनोट
काठमाडौं, चैत १० : अस्ट्रेलियामाथि जित निकाल्दै जापान फिफा विश्वकप–२०२२ मा छनोट हुन सफल भएको छ । एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा...
काठमाडौं, चैत १० : अस्ट्रेलियामाथि जित निकाल्दै जापान फिफा विश्वकप–२०२२ मा छनोट हुन सफल भएको छ ।
एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा जापानले अस्ट्रेलियालाई उसकै मैदानमा २–० ले पराजित गर्दै यसै बर्ष कतारमा हुने फिफा विश्वकपा मा छनोट भएको हो ।
खेलको अन्त्यतिर परिवर्तित खेलाडी काओरु मिटोमाले दुई गोल गर्दै जापानलाई जित दिलाए।
यो जितसँगै समूह ‘बी’ मा जापानले ९ खेलबाट २१ अंक जोडेको छ। पराजित भएको अस्ट्रेलियाले अब विश्वकपमा स्थान बनाउन दुई प्ले अफ खेल खेल्नुपर्ने हुन्छ। अस्ट्रेलियाको ९ खेलबाट १५ अंक रहेको छ।
यो समूहबाट साउदी अरब पनि विश्वकपमा छनोट भइसकेको छ। साउदी अरेवियाको ८ खेलबाट १९ अंक छ।
प्रकाशित मिति: १९:४४ बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











