नेपाल र पपुवा न्युगिनीबीच एकदिवसीय क्रिकेट भाेलि काठमाडौंमा हुने
काठमाडाैं, चैत १० : नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार काठमाडौंमा हुँदैछ।काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी...
काठमाडाैं, चैत १० : नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार काठमाडौंमा हुँदैछ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पहिलो पल्ट बाइलाटरल सिरिज आयोजना गर्ने लागेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अनुमति दिएको जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले जुनमा अमेरिकासँग आइसिसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सिरिजले सहयोग गर्ने बताए।
त्यस्तै अहिले नेपाली टिम बिल्डिङको चरणमा रहेका र सिरिजमा युवा क्षमतावान खेलाडीहरुलाई मौका दिने उनले बताए। त्यस्तै नेपालका कप्तान सन्दीप लामिछानेले पपुवा न्युगिनीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर दिने उनले बताए।
टियु मैदानमा नेपालले पीएनजीसँग शुक्रबार र शनिबार दुई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ भने सोमबारदेखि नेपाल, पीएनजी र मलेसिया सम्मिलिति टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला आयोजना हुनेछ। युएईमा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला खेलेर नेपाल र पीएनजी बुधबार मात्र काठमाडौं आइपुगेको थियो।











