पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी
काठमाडौं, चैत ७ : पूर्व क्रिकेटर पारस खड्का र नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दशकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। १८औं पल्सर...
काठमाडौं, चैत ७ : पूर्व क्रिकेटर पारस खड्का र नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दशकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।
१८औं पल्सर स्पोर्टस अवार्डमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पारसलाई पुरुष र सावित्रालाई महिलातर्फ ‘प्लेअर अफ दि डिकेड’ घोषणा गरेको हो ।
अवार्ड लिँदै पारसले टिमकै कारण आफू यो अवार्ड पाएको बताए । उनले टिम विना आफू केही पनि नभएको बताउँदै अवार्ड नेपाली क्रिकेट टिमलाई समर्पित गरे ।
दशककै उत्कृष्ट खेलाडी बनेका दुवैले पल्सर मोटरसाइकल प्राप्त गरे ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।
प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











