Kathmandu Press

नेपाललाई १७४ रनको मध्यम लक्ष्य

काठमाडौं, चैत ८ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १७४ रनको लक्ष्य पाएको छ। दुबई क्रिकेट रंगशालामा नेपालले...
नेपाललाई १७४ रनको मध्यम लक्ष्य

काठमाडौं, चैत ८ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १७४ रनको लक्ष्य पाएको छ। दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको पपुवा न्युगिनीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनायो।

लागतार दुई खेलमा खराब ब्याटिङ गरेको नेपालका लागि पपुवा न्युगिनीले दिएको लक्ष्य चुनौतीपूर्ण छ । यसअघिका दुई खेलमा नेपाल १३३ र १०३ रनमै अलआउट भएको थियो।

उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । उनले ९६ बलमा ३ चौका प्रहार गरे । यस्तै, चाड सुपरले २२, लेगा सिकाले २०, सेसे बाउले १९, नोर्मन भानुअ १८ र कावुअ मोरले १७ रनको योगदान दिए।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीपले १० ओभरमा २९ रन खर्चिदा सोमपालले ३७ रन खर्चिए । यस्तै, करण केसी, आरिफ सेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान १ विकेट लिए।

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्