Kathmandu Press

फेरि फ्लप भयो नेपालको ब्याटिङ, युएईसँग ९९ रनको फराकिलो हार

यो नेपालको एकदिवसीय क्रिकेटकै सर्वाधिक कम योगफल हो। सिरिजमा युएईसँग नेपाल लागातार दोस्रो पटक पराजित भएको हो।
फेरि फ्लप भयो नेपालको ब्याटिङ, युएईसँग ९९ रनको फराकिलो हार

काठमाडाैं, चैत ७ : आईसिसी विश्वकप–२ अन्तर्गतको तेस्रो सिरिजमा नेपालले खराब ब्याटिङलाई तेस्रो खेलमा पनि निरन्तरता दिएको छ।

लगातार तेस्रो खेलमा ब्याटिङक फ्लप भएपछि नेपाल युएईसँग ९९ रनको फराकिलो अन्तरले पराजित भयो। २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो।

यो नेपालको एकदिवसीय क्रिकेटकै सर्वाधिक कम योगफल हो। सिरिजमा युएईसँग नेपाल लागातार दोस्रो पटक पराजित भएको हो।

फ्लप भयो माथिल्लो क्रम

युएईमा नेपालको माथिल्लो फ्लप भइरहेको छ। सोमबार दुबई इन्टर नेशनल क्रिकेट मैदानमा पनि सोही क्रम दोहोरियो। सुरआती दुई खेलमा ओपनिङ जोडी चल्न नसकेपछि युएईविरुद्ध नेपालले ओपनिङ जोडी परिवर्तन गर्‍यो।

ओपनिङमा कुशल भुर्तेलसँगै पवर्न सर्राफ ओपनिङमा आए। तर, नतिजा उही रह्यो। नेपालको ओपनिङ साझेदारी ६ रनको मात्र भयो। दोस्रो आभरमै कुशल भुर्तेललाई ५ रन गुमाएको नेपालले लगत्तै अर्को ओभरमा पवर्न सर्राफ २ रनमा आउट भए। लगत्तै अर्को बलमा दीपेन्द्रसिंह ऐरी गोल्डेन डकआउट भए। ८ रन बनाउँदा ३ विकेट गुमाएको नेपाल त्यसपछि कहिल्यै सम्हालिन सकेन।

ज्ञानेन्द्र मल्लले बनाएको ३० रन नै नेपाली ब्याट्सम्यानले बनाएको सार्वधिक रन रह्यो। नेपालका लागि नेपालले कुनै पनि समय दबाब दिन सकेन।

यस्तै, आसिफ सेख र सोमपाल कामीले समान १५ रन बनाउँदा विनोद भण्डारीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

जुनैदको घातक बलिङ

नेपाललाई सस्तैमा समेट्ने क्रममा फास्ट बलर जुनैद सिद्धिकीले घातक बलिङ गरे। उनले ८ ओघरमा २ मेडन राख्दै २३ रन मात्र खर्चिएर ४ विकेट लिए।

यस्तै काफिस दाउद र कप्तान अहमद राजाले समान २ विकेट लिए। दाउदले ६ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्र्चिए भने राजाले ५ ओभरमा १ मेडनसहित २१ रन खर्चिए। विशाल हमिदले पनि १ विकेट लिए।

मुस्तफाको अर्धशतकमा युएईको चुनौतीपूर्ण लक्ष्य

दुबई इन्टर नेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले रोहन मुस्तफको अर्धशतकमा ९ विकेट गुमाउँदै २०३ रनको चुनौतीपूर्ण योगफल बनायो। अर्धशतकीय इनिङ खेलेका मुस्तफकाले ७३ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ६० रन बनाए।

यस्तै, ओपनर मुहम्मद वासिमले ३३, चिराग सुरीले २६, भृत्य अरविन्दले २४ र अलिशान सराफुले २१ रनको योगदान दिए। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामी र करण केसीले समान २ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान १ विकेट लिए।

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्