Kathmandu Press

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम थाइल्यान्ड प्रस्थान, काेकाे छन् टिममा ?

काठमाडाैं, चैत ७ : मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम थाइल्यान्ड प्रस्थान गरेको छ। नेपाली फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि टिम सोमबार...
मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम थाइल्यान्ड प्रस्थान, काेकाे छन् टिममा ?

काठमाडाैं, चैत ७ : मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम थाइल्यान्ड प्रस्थान गरेको छ। नेपाली फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि टिम सोमबार दिउँसो थाइल्यान्ड प्रस्थान गरेको हो। 

एन्फाले एक कार्यक्रमबीच नेपाली टोलीलाई आइतबार नै बिदाइ गरेको थियो। करिब दुई साताको प्रशिक्षणपछि नेपाली टिम थाइल्यान्ड गएको हो। नेपाली टिम विमल घर्तिमगर, विशाल राई, मनिष डाँगी, सुनील बललगायत स्टार खेलाडी भने छैनन्। 

एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले चैत १० गते थाइल्यान्डको राष्ट्रिय टिमसँग खेल्ने छ भने चैत १३ गते थाइल्यान्डकै शीर्ष डिभिजनको क्लब चुनबुरीसँग खेल्नेछ।

जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ। नेपालको समूहमा जोर्डन, कुवेत र इन्डाेनेसिया छन्।

थाइल्यान्ड जाने नेपाली टिममा काेकाे छन्?

किरण चेम्जोङ, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ र रोहित चन्द। 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्