Kathmandu Press

मोनाकोसँग पिएसजीको लज्जास्पद हार

काठमाडौं, चैत ६ : स्टार खेलाडीले भरिएको पिएसजीले फ्रेन्च लिग वानमा लज्जास्पद हार बेहोरेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा पिएसजी मोनाकोसँग ३–०...
मोनाकोसँग पिएसजीको लज्जास्पद हार

काठमाडौं, चैत ६ : स्टार खेलाडीले भरिएको पिएसजीले फ्रेन्च लिग वानमा लज्जास्पद हार बेहोरेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा पिएसजी मोनाकोसँग ३–० ले पराजित भएको हो।

पिएसजीविरुद्ध मोनाकोलाई जित दिलाउन कप्तान विसम बेन इडरले २ तथा केभिन भोलान्डले १ गोल गरे । मोनाकोले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

२५औं मिनेटमा बेन इडरको गोलमा मोनाकोले अग्रता लियो । ६८औं मिनेटमा भोलान्डले गोल गर्दै मानेको अग्रता दोब्बर बनाए । 

८४औं मिनेटमा बेन इडरले पेनाल्टीमा गोल गर्दै मोनाकोलाई सहज जित दिलाए । मोनाकोले पिएसजीविरुद्ध निकालेको सबैभन्दा फराकिलो जित हो । 

बल पोसेजनमा राम्रो बनाएपछि मेसीविना मैदान उत्रिएको पिएसजीका नेमार र एम्बाप्पेले गोलका प्रयास गरेपछि बललाई जाली चुमाउन सकेनन्। खेलमा दुवै टिमले समान १३ सट प्रहार गर्दा पिएसजीको ६ र मोनाकोको ८ सट फ्रेममा थियो।

हारबाट बाबजुद पिएसजीले शीर्ष स्थानमा १३ अंकको अग्रता कायमै गरेको छ। उसको २९ खेलका ६५ अंक छ। मोनाको ४४ अंकका साथ सातौं स्थानमा छ।

प्रकाशित मिति: २१:०४ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्