Kathmandu Press

शुशिल थापा ओपन ईन्टरनेशनल बक्सिंगको फाइनलमा 

काठमाडौं, चैत ६ : थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग छनौट खेलको आज भएको सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लबका शुसिल थापाले यचटुओका रबिन थापालाई ५ः० अंकको...
शुशिल थापा ओपन ईन्टरनेशनल बक्सिंगको फाइनलमा 

काठमाडौं, चैत ६ : थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग छनौट खेलको आज भएको सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लबका शुसिल थापाले यचटुओका रबिन थापालाई ५ः० अंकको आधारमा पराजित गरी फाईनलमा प्रवेश गरेका छन भने सोहि तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङ्गलाई अंकको आधारमा पराजित गरे । 

वैल्टर वैट ६३ किलो तौल समुहमा नेपाल प्रहरीका भुपेन्द्र थापा र जेनेक्सका मुस्कान राना मगरसंग फाईनलमा भेट पक्का गरेका छन । थापाले थानकोटका मनिश श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेश कुमार भोलानलाई पराजित गरेका थिए ।  

छनौट खेलकै महिलातर्फ वैन्टम वैट ५४ किलोग्राम तौल समुहमा मिनु गूरुङ्गले बाँकेका माया क्षेत्रीलाई पराजित गदैै एपीएफकी सन्जुमाया थिंगसंग फाईनलमा भिडन्त पक्का गरेका छन । सन्जुले  थानकोटका सुसिला भोलानलाई अंकको आधारमा पराजित गरेका थिए । त्यसैगरी महिलातर्फकै फेदरवैट ५७ किलो तौलसमुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेका छन् । 

फस्ट अल नेपाल स्कुल व्वाय एण्ड गल्र्स बक्सिङ्ग प्रतियोगिताको सेमिफाईनलमा ३५ किलो पुरुषतर्फ नक्सालका सक्षम लामाले बक्समाण्डुको प्रवेस उपाध्यायालाई अंकको आधारमा पराजित गरे सोहि तौलसमुहमा मकवानपुरका अरुण सापकोटाले बक्समाण्डु बीका दिपक बोहरालाई एबीडीको आधारमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् । पुरुष ४९ किलो तौल समुहमा मात्रृभूमीमा.बी भक्तपुरका नविनतम खडकाले कास्कीका आकाश बोहरालाई अ्र्रंकको आधारमा पराजित गरी फाईनलमा मकवानपुरका सिलेन वाईबा संग भिडन्त पक्का गरेका छन् । सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अंकको आधारमा पराजित गरेका थिए । 

त्यसैगरी पुरुष ५२ किलो तौल समुहमा भुपु बक्सिंग पोखराका समुन्द्र थापा मगरले कास्कीका अंशुल रोकायालाई पराजित गरे भने सोहि तौल समुहमा बाँकेका यज्ञराज खत्रीले नक्सालका प्रितम महर्जनलाई अंकको आधारमा पराजित गर्दैै फाईनलमा समुन्द्रसंग भेट पक्का गरेका छन् । त्यसै गरी पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिंग पोखरा कै साहिल लिम्बुले मेरिडियन स्कुलका रिजूल निरौलालाई पराजित गरे पुरुष ६१ किलो तौल समुहमा बक्समाण्डुका सेरप गेल्चेन शेर्पाले उदयपुरका रोजन मगरलाई अंकको आधारमा पराजित गरे । 

त्यसै गरी स्कुल बक्सिङ्गको गल्र्स तर्फ ४० किलो तौल समुहमा दमकका दिप्सा कांगबांगले अछाम किनिशा नेपालीलाई पराजित गरे । सोहि तौल समुहमा अछामकी लक्ष्मी शाहीले बाँकेकि रेविका सुनारलाई अंकको आधारमा पराजित गरे स्कुल गल्र्स तर्फकै आर्यन क्लब ललितपुरकि आस्था केसीले नक्सालकि क्रिस्टिना थापालाई पराजित गरे । 

स्कूल व्वाय एण्ड गल्र्स प्रतियोगिता अन्तर्गतमा आजै भएका फाईनल खेलहरुमा पुरुषतर्फको ३७ किलो तौल समुहमा अछामका रोहित जनालाले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी प्रथम स्थान हासिल गरे । ४० किलो तौल समुहमा थानकोटका प्रकट महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरी ४३ किलो तौल समुहमा अल्फा बक्सिङ्ग दांगका सोनम पुनमगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । 

आजै भएको पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुङ्गले दमकका योगेश लिम्बुलाई पराजित गदै स्वर्ण पदक हात पारे ।

प्रकाशित मिति: २०:५५ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्