Kathmandu Press

अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको जित

काठमाडाैं, चैत ६ : बङ्गलादेशमा जारी बङ्गबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले इन्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। बङ्गलादेशको ढाकामा आज...
अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको जित

काठमाडाैं, चैत ६ : बङ्गलादेशमा जारी बङ्गबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले इन्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। बङ्गलादेशको ढाकामा आज भएको खेलमा नेपालले इण्डोनेसियालाई ४७–१८ ले पराजित गरेको हो। खेलमा नेपालका प्रदीप मिजार म्यान अफ दि म्याच चुनिए। अब नेपालले आफ्नो दोस्रो खेल भोलि इराकसँग प्रतिस्पर्धा गर्नेछ।

मङ्गलबार नेपालले केन्यासँग खेल्नेछ। उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा इण्डोनेसिया, इराक र केन्या छन्। त्यस्तै समूह ‘ए’ मा आयोजक बङ्गलादेशसहित श्रीलङ्का, मलेसिया र इङ्ग्ल्याण्ड छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रकाशित मिति: २०:२७ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्