Kathmandu Press

मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाइ, फिफा वरीयतामा सुधार हुने प्रशिक्षकको विश्वास 

काठमाडौं, चैत ६ : थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार...
मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाइ, फिफा वरीयतामा सुधार हुने प्रशिक्षकको विश्वास 

काठमाडौं, चैत ६ : थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । थाइल्याण्डको क्लब चोनबरी एफसीसँग नेपालले मार्च २७ मा हुनेछ । एएफसी एसियन कप छनोटमा नेपाल  समूह ‘ए मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले फिफा वरीयतामा सुधार हुने गरी खेल्ने प्रतिवद्वता जनाएका छन्  ।  

अखिल नेपाल फुटबल सङ्घले आज आइतवार आयोजना गरेको बिदाइ कार्यक्रममा अलमुताइरीले नेपालले इन्डोनेसिया र जोर्डन जत्तिकै बलियो थाइल्यान्डसँग जित या बराबरीका लागि खेल्ने भन्दै फिफा वरीयतामा सुधार हुने गरी खेल्ने बताएका हुन् ।  

प्रकाशित मिति: १८:५५ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्