Kathmandu Press

बुन्डेसलिगा : युनियन बर्लीनमाथि बायर्नको सहज जित 

काठमाडौं, चैत ६ : जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनमािथ ४–० गोल अन्तरको सहज...
बुन्डेसलिगा : युनियन बर्लीनमाथि बायर्नको सहज जित 

काठमाडौं, चैत ६ : जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनमािथ ४–० गोल अन्तरको सहज जित निकालेको हो। 

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने किन्ग्सले कोम्यान र तान्ग्युए निआनजोउले एक एक गोल थपे ।

खेलको १६ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा तान्ग्युएले गोल गर्दा टोलीको अग्रता २–० को बन्यो ।पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गरेपछि बायर्नको अग्रता ३० को बन्यो ।

त्यसपछि खेलको ४७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए । जितसँगै बायर्नले २७ खेलमा ६३ अंक जोडेको छ ।

बर्लीन ३८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्