चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

काठमाडौं, चैत ६ : चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा मिडल्सब्रोलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो।
चेल्सीको जितमा रोमेलु लुकाकु र हाकिम जिएचले एकएक गोल गरे। लुकाकुले खेलको १५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो अग्रता दिलाएका थिए। त्यस्तै ३१ औं मिनेटमा जिएच हाकिमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए।
खेलको दोस्रो हाफमा कुनैपनि गोल नहुँदा चेल्सी २–० ले विजयी भएको हो। यससँगै मिडल्सब्रोको एफए कप यात्रा सकिएको छ ।
क्वार्टरफाइनलका बाँकी तीन खेल आज हुनेछ।
प्रकाशित मिति: १०:३१ बजे, आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











