Kathmandu Press

विराटनगरको रानीमा मिल्स गोल्ड फुटबल प्रतियोगिता हुने

विराटनगर, चैत ५ : युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८’ आयोजना गरिने भएको छ।मिल्स...
विराटनगरको रानीमा मिल्स गोल्ड फुटबल प्रतियोगिता हुने

विराटनगर, चैत ५ : युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८’ आयोजना गरिने भएको छ।

मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा आज (शनिबार) विराटनगरआयोजित पत्रकार सम्मेलनमा यही चैत ११ देखि १८ गतेसम्म रानीस्थित जुटमिल खेलमैदानमा आयोजना गरिने  प्रतियोगितामा प्रदेश नं १ र मधेस प्रदेशका गरी आठ टोलीको सहभागिता हुने जानकारी दिइयो।
    
ट्रष्टका अध्यक्ष  किशोरबहादुर शाहीले प्रतियोगितामा सशस्त्र प्रहरी पूर्वाञ्चल, साइनो स्पोर्टस क्लब रानी मिल्स एरिया, गोधुली क्लब धरान सुनसरी, उर्लाबारी–११ मोरङ, गाईघाट–११ उदयपुर, एन्फा एकेडेमी धरान सुनसरी, दमक एकेडेमी झापा र गोलबजार प्रतिभा फुटबल क्लब सिरहाबीच प्रतिस्पर्धा हुने बताए। 

‘नकआउट’का आधारमा हुने प्रतियोगितामा  प्रथम हुने टोलीलाई रु दुई लाख एक हजार, उपविजेता टोलीलाई रु एक लाख एक हजारका साथै ट्रफी एवं प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक किशोर सुब्बाले जानकारी दिए।

यसैगरी ‘म्यान अफ दी म्याच’, प्रशिक्षक, गोलकिपर डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। मिल्स एरिया क्षेत्रका साथै विदेशमा बसेका नागरिकहरुबाट पनि रकम सङ्कलन गरिएको र प्रतियोगिताका लागि रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

आगामी वर्षदेखि नेपालका ‘ए’ श्रेणीको टोलीको प्रतियोगितामा सहभागिता गरिने प्रतिबद्धता ट्रष्टले गरेको छ। यस क्षेत्रमा खेलकुद प्रतियोगितामा गर्न रङ्गशालाको अभाव रहेकाले मिल्स एरियामा बन्द रहेको अशोक टेक्सटायल वा जुट मिलको जग्गा उपलब्ध भएमा खेलकुदको विकास गर्ने ट्रष्टका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङले बताए।

प्रकाशित मिति: १४:१६ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्