Kathmandu Press

एनएसएलको ड्र रोक्न एन्फाले काट्यो पत्र

काठमाडाैं, चैत ५ : नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक कार्यक्रम रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्र काटेको छ।...
एनएसएलको ड्र रोक्न एन्फाले काट्यो पत्र

काठमाडाैं, चैत ५ : नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक कार्यक्रम रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्र काटेको छ। आइतबारका लागि तय भएको एनएसएलको ड्र रद्द गर्न शुक्रबार पत्र काटेको हो।

ए डिभिजन क्लब र एनएसएलबीच देखिएको विवाद समाधानका लागि छलफल आवश्यक भएकाले ड्र रोक्न पत्र काटिएको एन्फाले जनाएको छ ।

‘‘कार्यदलको बैठकको निर्णयअनुसार एनएसएलका बारेमा ए डिभिजन क्लब र एनएसएल आयोजकसँग अझ बढी छलफल गर्न आवश्यक भएकाले आइतबारका लागि गर्ने भनिएको टाइसिट ड्र कार्यक्रम रद्द गर्न हुन जानकारी गराइन्छ,’ एन्फाले एनएसएललाई लखेको पत्रमा भनिएको छ।

एनएसएल विवाद समाधानका लागि एन्फाले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ। जसमा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, उपाध्यक्षत्रय कृष्ण थापा, उपेन्द्रमान सिंह, वीरबहादुर खड्का, सहमहासचिव अरुणमान जोशी र विजय घले छन् ।

ए डिभिजनका क्लबहरुसँग खेलाडीको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएल खेलाडीको अक्सन गरेकोप्रति ४ एडिभजिन क्लब क्लब न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबलले त्यसको विरोध गर्दै आएका छन् ।

यसअघि एन्फाले ८ ए डिभिजन क्लबको आग्रहमा खेलाडीको अक्सन रोक्न एनएसएल आयोजकलाई पत्र काटेपनि उसले अक्सन भने रोकेन । त्यसैले एनएसएलले आइतबार लागि तय भएको ड्र कार्यक्रम रोक्छ रोक्दैन भन्ने हेर्न बाँकी छ।

प्रकाशित मिति: ११:२२ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्