च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा रियल र चेल्सी भिड्ने, बायर्न र लिभरपुललाई सहज प्रतिद्वन्द्वी
काठमाडाैं, चैत ४ : डिफेन्डिङ च्याम्पियन चेल्सीले च्याम्पियन्स लिगको क्वार्टरफाइलनमै बलियो प्रतिद्वन्द्वी पाएको छ। युईएफएले शुक्रबार गरेको क्वार्टरफाइनलको ड्र अनुसार चेल्सीले अन्तिम ८...
काठमाडाैं, चैत ४ : डिफेन्डिङ च्याम्पियन चेल्सीले च्याम्पियन्स लिगको क्वार्टरफाइलनमै बलियो प्रतिद्वन्द्वी पाएको छ। युईएफएले शुक्रबार गरेको क्वार्टरफाइनलको ड्र अनुसार चेल्सीले अन्तिम ८ मा प्रतियोगिताकै सफल टिम रियल मड्रिडलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो।
चेल्सी फ्रेन्च क्लब लिलेलाई हराउँदै क्वार्टरफाइनल पुगेको हो भने रियलले अर्को फ्रेन्च क्लब पिएसजीलाई पाखा लगएको थियो। अघिल्लो सिजन यी दुई क्लब सेमिफाइनलमा भिडेका थिए।
सार्वजनिक ड्र अनुसार जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब लिभरपुलले भने तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएका छन्। बार्यनले स्पेनिस क्लब भिल्लारियल प्रतिद्वन्द्वी पाउँदा लिभपुलको प्रतिद्वन्द्वीका रुपमा पोर्चुगिज क्लब बेन्फिका छ।
यस्तै, गत सिजनको फाइनलिस्ट म्यान्चेस्टर सिटी सेमिफाइनल प्रवेश गर्न स्पेनिस क्लब एट्लेटिको मड्रिडको चुतौती पन्छाउनु पर्नेछ।
क्वाटरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ भने दोस्रो लेगमा अप्रिल १२ र १३ मा हुनेछ।











