Kathmandu Press

रियल र एथ्लेटिको मड्रिड बराबरीमा रोकिए

काठमाडौं, असोज १२ : ला लिगा फुटबलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिड र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन्। 

गएराति भएक....

रियल र एथ्लेटिको मड्रिड बराबरीमा रोकिए

काठमाडौं, असोज १२ : ला लिगा फुटबलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिड र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन्। 

गएराति भएको मड्रिड डर्बीमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको डर्बी खेलको पहिलो हाफमा रियल मड्रिडमाथि दबाब सिर्जना गरेपनि गर्न गर्न भने सकेन।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको रियल मड्रिड पटक–पटक गोल गर्न चुकेको थियो।

नाचोको पासमा ग्यारेथ वेलले प्रहार गरेको बल बारमा लाग्दै बाहिरिएपछि रियलले अग्रता लिने मौका गुमाएको थियो।

अन्तिम समयमा करिम बेन्जिमाको प्रहारलाई एट्लेटिकोका गोलकिपर जान ओबलाकले उत्कृष्ट बचाउ गरेपछि रियल गोलरहित बराबरीमा रोकिन बाध्य भयो।

बराबरीसँगै रियल मड्रिड ७ खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा छ। समान खेलबाट १४ अक जोडेको एथ्लेटिको मड्रिड लिगको तेस्रो स्थानमा छ।
 

प्रकाशित मिति: ०९:१४ बजे, आइतबार, असोज १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्