Kathmandu Press

मेसीविनाको खेलमा बार्सिलोना विजयी

काठमाडौं, असोज १२ : स्टार खेलाडी लियोनल मेसीविना मैदान उत्रिएको बार्सिलोनाले ला लिगा फुटबलमा जित हात पारेको छ।

गएराति भएको खेलमा डिफेन्....

मेसीविनाको खेलमा बार्सिलोना विजयी

काठमाडौं, असोज १२ : स्टार खेलाडी लियोनल मेसीविना मैदान उत्रिएको बार्सिलोनाले ला लिगा फुटबलमा जित हात पारेको छ।

गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गेटाफेलाई २–० गोल अन्तरले पराजित गरेको हो। 

खेलको ४१ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको थियो। 

खेलको ४९ औँ मिनेटमा जुनियर फिर्पोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए। खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिम ८ मिनेट बार्सिलोना १० खेलाडीमा सीमिति भएको थियो।

जितसँगै बार्सिलोना ७ खेलबाट १३ अंकका साथ लिगको चौथो स्थानमा छ। बार्सिलोनासँग पराजित भएको गेटाफे भने समान खेलबाट ७ अंकका साथ ११ औँ स्थानमा छ।
 

प्रकाशित मिति: ०९:०१ बजे, आइतबार, असोज १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्