हाेलीमा खुसी साट्दै कलाकार
काठमाडौं, चैत ३ : बिहीबार उपत्यकालगायत पहाडी क्षेत्रमा होली पर्व भव्यताका साथ मनाइँदैछ। सोही अवसरमा वसन्तपुर, बानेश्वरलगायत विभिन्न डान्स क्लब तथा रेस्टुरेन्टहरुमा समेत होलीका विभिन्न...
काठमाडौं, चैत ३ : बिहीबार उपत्यकालगायत पहाडी क्षेत्रमा होली पर्व भव्यताका साथ मनाइँदैछ।
सोही अवसरमा वसन्तपुर, बानेश्वरलगायत विभिन्न डान्स क्लब तथा रेस्टुरेन्टहरुमा समेत होलीका विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
सर्वसाधारणदेखि कलाकारसम्मले बिहीबार बिहानैदेखि इष्टमित्र भेट्नुका साथै सामाजिक सञ्जालमा एकअर्कालाई शुभकामना आदानप्रदान गरिरहेका छन्।
सोही क्रममा स्वेता खड्का, रेखा थापा, एलिजा गौतम, एलिना चौहान, छुल्ठिम गुरुङ, दीपकराज गिरी, गायक युवराज चाैलागाई, दुर्गा खरेललगायत कलाकारहरुले होलीको रङ लगाएर तस्बिरहरू फेसबुक, इन्स्टाग्राम, ट्विटरलगायमार्फत सेयर गरेका छन्।
कसैले लाइभमा आएर, कसैले स्टेज प्राेग्राममा सहभागी भएर, कसैले आफन्तजनमै सीमित रहेर, कसैले साथीभाइलाई भेला गरेर हाेली मनाएका हुन्।
प्रदर्शाेन्मूख केही चलचित्रकाे टिमले पनि सामूहिक हाेली खेलेका छन् । यही क्रममा ए मेराे हजुर–४ र कृष्णालीला टिमले पनि हाेली खेले । ए मेराे हजुर–४ टिमकाे हाेलीमा झरना थापा, सुहाना थापा, अनमाेल केसी, सलाेन बस्नेतलगायत उपस्थित थिए।
अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री भने भदौ ३ मा प्रदर्शन हुने आफ्नो फिल्म `कृष्ण लीला´ को टिमसँग होली खेले । टिममा निर्देशक दीपक वली, लेखक लक्ष्मण सुवेदी, निर्माता रोहित कट्टेल र रत्न श्रेष्ठ थिए । अभिनेता पुष्पले होलीसंगै औपचारिक रुपमा `कृष्ण लीला´ को प्रचारप्रसार सुरु भएको बताए ।
कलाकारहरुले होली मनाउँदै गरेका केही झलक यस्ता छन् :


























-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)
