‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं, चैत २ : भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको...
काठमाडाैं, चैत २ : भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘डान्सिङ भर्सन’ को यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतबद्ध गर्नुभएको हो। जावेद खानले छायांकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङकाे अभिनय छ ।
युवा पुस्ताले विशेष रुपमा मन पराउने अङ्ग्रेजी शब्दको समेत गीतमा प्रयोग गरिएको छ। नेपाली र अङ्ग्रेजी आधाआधा प्रयोग गरिनु उपयुक्त नभएको प्रतिक्रिया दर्शक स्रोताले दिएका छन्। म्युजिक भिडियोमा नेपाली र अङ्ग्रेजी दुवै बोलमा गीत प्रस्तुत गरिएको छ।
लुपी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगति बोगटी निर्माता र समिप सुवेदी भिडियोको सहनिर्माता हुनुहुन्छ । निर्माण समूहले भिडियोलाई हेरेर र सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।












