Kathmandu Press

१३ वर्षीया बालिका विश्व शान्ति पुरस्कारका लागि मनोनीत 

अटम पेल्टियर सामाजिक कार्यमा लागेको वर्षौं भइसक्यो। उनले प्रधानमन्त्रीलाई भेटेकी छिन्।

उनी एसेम्ब्ली अफ फर्स्ट नेसन्स जेनरल एसेम्ब्लीमा सहभागी भएकी छिन्। पान....

१३ वर्षीया बालिका विश्व शान्ति पुरस्कारका लागि मनोनीत 

अटम पेल्टियर सामाजिक कार्यमा लागेको वर्षौं भइसक्यो। उनले प्रधानमन्त्रीलाई भेटेकी छिन्।

उनी एसेम्ब्ली अफ फर्स्ट नेसन्स जेनरल एसेम्ब्लीमा सहभागी भएकी छिन्। पानीको सुरक्षाका लागि उनले राजमार्गमा जुलुस निकालेकी छिन्। मात्रै १३ वर्षको उमेरमा उनलाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारका लागि मनोनीत गरिएको छ।

पुरस्कारका लागि १५१ जना मनोनयन हालै घोषणा गरिएको छ। पेल्टियर क्यानडाबाट मनोनीत एक मात्र व्यक्ति हुन्। उनी विकवेमिकोङ फष्ट नेशनको आदिवासी अनिशिनाबे समुदायकी प्रतिनिधि किशोरी हुन्।

Hardik ivf

पेल्टियरले ८ वर्षको उमेरदेखि सफा र सुरक्षित खानेपानीका लागि पैरवी गर्दै आइरहेकी छिन्। उनलाई पानीको संरक्षक मानिन्छ। विश्वभरका बालबालिकाको जीवनस्तरमा सुधार ल्याउन काम गर्ने बालबालिकालाई सन् २००५ देखि अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित गरिँदै  आएको छ।

पेल्टियरको योगदानलाई विश्वभर सम्मान गरिएको छ। सन् २०५ मा स्वीडेनमा आयोजना भएको चिल्ड्रेन्स चाइल्ड कन्फेरेन्समा पनि उनलाई निम्तो गरिएको थियो। सम्मेलनमा विश्वभरका ३२ देशका बालबालिकाका सहभागी थिए। उनीहरूको मागको मस्यौदा तयार गरी  विश्वका नेताहरूलाई बुझाउनु नै सम्मेलनको उद्देश्य थियो। उक्त माग पत्र सन् २०१५ मा पेरिसमा आयोजना भएको संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेनलमा बुझाइएको थियो।

“पानी साँच्चिकै पवित्र छ। पानी जीवन हो। आमा पृथ्वीलाई हामी होइन, हामीलाई उनी चाहिएको छ,” पेल्टियर भन्छिन्।

सन् २०१६ मा आयोजना भएको एसेम्ब्ली अफ फष्ट नेशन्सको वार्षिक साधारण सभामा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रस्तुत गराउने जिम्मा पेल्टियरलाई दिइएको थियो। पेल्टियरले उनका लागि भाषण तयार गरेकी थिइन् तर अन्तर्क्रियाका लागि उनलाई केही क्षण मात्रै दिइयो।

“मैले भने   तपाईंको रोजेको विकल्पबाट म एकदमै दु:खी छु,” पेल्टियर स्मरण गर्छिन्,“अनि उहाँले भन्नुभयो    मैले बुझेको छु। त्यसपछि म रून थालें। पाइपलाइन   मैले यति मात्रै भन्नसकें,” उनले पोहोर भनेकी थिइन्। ट्रुडोले पानीको सुरक्षा गर्ने वाचा गरेको पनि उनले बताइन्।

उनले थुप्रै उत्प्रेरणात्मक कार्यहरू पनि सम्पन्न गरेकी छिन्। गत नोभेम्बरमा उनले एउटा  आह्वान गरेकी थिइन्। पानीको सुरक्षा प्रवर्द्धन गर्नलाई डिसेम्बर ५ मा एक घण्टाका लागि क्यानडाभरि राजमार्ग ठप्प पार्न उनले देशव्यापी  आह्वान गरिन्। उनी आमासँग इस्पानोला, ओन्टारियोको एउटा राजमार्गमा उभिएकी थिइन्।

“स्ट्यान्डिङ रकको भिडियो हेर्दा म रून्छु,” पेल्टियरले आह्वानमा नेकी थिइन्,“हामीले हाम्रै पानीका लागि लडाइँ गर्नुपर्दैन थियो। हामीले सफा खानेपानी पाउनुपर्छ।” उनी समुदाय र युवालाई पानीको सुरक्षाबारे सचेतना फैलाउन काम गर्छिन्।

“हामीलाई एउटा मात्रै ग्रह दिइएको छ। त्यो पनि हामी नै नष्ट गर्दैछौं,” उनले भनिन्,“यो उत्तर अमेरिकामा मात्रै होइन, सारा विश्वलाई खानेपानी चाहिएको छ।” अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार डिसेम्बर ४ तारिखका दिन नेदरल्यान्ड्समा प्रदान गरिनेछ।
 

प्रकाशित मिति: ०७:२५ बजे, शनिबार, असोज ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्