Kathmandu Press

ऋचा शर्मा अभिनित फिल्म कौसीदको पोस्टर सार्वजनिक

काठमाडौं, फागुन ३० : अभिनेत्री ऋचा शर्मा अभिनित फिल्म कौसीदले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । सोमबार सार्वजनिक पोस्टरमा आगामी...
ऋचा शर्मा अभिनित फिल्म कौसीदको पोस्टर सार्वजनिक

काठमाडौं, फागुन ३० : अभिनेत्री ऋचा शर्मा अभिनित फिल्म कौसीदले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । 

सोमबार सार्वजनिक पोस्टरमा आगामी जेठ २७ (जुन १०) लाई प्रदर्शन मिति तोकिएको छ  । हालसम्म उक्त मितिमा प्रदर्शन तोकेको यो पहिलो नेपाली फिल्म हो ।
 
कौसीद पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै देखिन्छिन् । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरी घुमेको पोस्टरले भान दिन्छ । 

Hardik ivf

कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि। गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा फिल्म कौसीद निर्माण भएको हो । 

गत वर्ष २०२२ को अबसरमा निर्माण घोषणा गरिएको यो फिल्मको कोरोना महामारीको बीच निर्माण सम्पन्न भएको थियो । हाल पोष्ट प्रोडक्सनको काम सम्पन्न भइ फिल्म प्रदर्शनको लागि तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति: २१:१६ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्